हावाहुरीमा परी एकको मृत्यु
![हावाहुरीमा परी एकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/Death-body_20180930062535_hliOJF75U7.jpg)
मलंगवा : सर्लाहीको कबिलासी नगरपालिका ३ बीरनगरामा सोमबार दिउँसो आएको हावाहुरीमा परी एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोनेलाल यादवको १८ वर्षीय छोरा राजेश कुमार यादव रहेको कविलासी नगरपालिकाका मेयर कौशल किशोर रायले जानकारी दिएका छन् ।
जोडले हावाहुरी आएपछि जस्ताले छाएको घरमा लुकेर बसेका यादवको किचिएर मृत्यु भएको हो । जस्तापाताको घर हावाहुरीले उडाउँदा जस्ता लागेर यादवको मृत्यु भएको मेयर रायले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)