चिनी ल्याउन आएका ट्रक किसानको नियन्त्रणमा

चिनी ल्याउन आएका ट्रक किसानको नियन्त्रणमा

मलंगवा : सर्लाहीको धनकौल गाउँपालिकामा रहेको अन्नपूर्ण चिनी उद्योगमा चिनी लिन आएका ट्रकलाई स्थानीयबासीले नियन्त्रणमा लिएको छ। पछिल्लो भुक्तानी बाँकी राखेर चिनी बिक्री गर्नका लागि उद्योगमा ट्रक पठाएपछि आक्रोशित किसानले ट्रकलाई नियन्त्रणमा लिएको हो । सरकारले घोषणा गरेको लकडाउनको मौका छोपी उद्योगीले चिनी ल्याउन उद्योगमा ट्रक पठाएको हो । 

जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई कुनै जानकारी नै नदिई उद्योगीले चिनी लिन उद्योगमा ट्रक पठाएको हो । अन्नपूर्ण चिनी उद्योगले विगत ३÷४ वर्षको भुक्तानी बाँकी नै राखेको बसबरिया ३ कोठियारका बिनोद मिश्रले जानकारी दिएका छन् । 

भुक्तानी नदिई चिनी लान थालेपछि आफूहरु ट्रक रोकेको मिश्रले जानकारी दिए। लकडाउनको मौका छोपी उद्योगीले चिनी लान खोजेपछि आफूहरु आइतबार राती ट्रकलाई रोकेको मिश्रले बताए । भुक्तानी नदिएसम्म चिनी लैजान नदिने मिश्रले बताएका छन् ।

 
उनको पनि १ लाख ५० हजार रकम उद्योगमै बाँकी छ। उनले भने,' दुईवर्ष भयो उखु दिएको। अहिलेसम्म भुक्तानी गरेको छैन् । मजस्ता थुप्रै किसानलाई उद्योगीले रुवाएको छ । ६० प्रतिशत भुक्तानी अहिले पनि बाँकी नै राखेको छ ।'

२५ हजार साहुसँग ऋण लिएर उखु खेती गरेको उनले बताए।'जसतसो कमाएर साहुको ऋण तिरे, तर, उद्योगीले पैसा दिएन् उनले भने,' कति किसानले उखु रोप्न साहुसँग लिएको ऋण खेत बेचेर तिरेको छ। '

चिनी लिन उद्योगमा उद्योगीले ६ वटा ट्रक पठाएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक राजेन्द्र यादवले जानकारी दिएका छन् । ४ वटा ट्रकमा चिनी लोड गरिएको छ । २ वटा ट्रक खाली नै छन् । मध्यरातमा चिनी लिनका लागि उद्योगीले ट्रक पठाएको थियो । 

चिनी लिएर जादैं गरेको ट्रकलाई किसानहरुले रातीदेखि नै नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका ४ वटा ट्रकलाई हरकठवा प्रहरी चौकीमा र २ वटालाई बसबरिया प्रहरी चौकीको निगरानीमा राखेका छौं।

केही महिना अगाडि जिल्ला प्रशासन कार्यालयलाई जानकारी दिई ५ ट्रक चिनी लगेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।  चिनी लगेर किसानलाई १ करोड भुक्तानी समेत गरेको थियो। तर, यसपटक जानकारी नै नदिइ चिनी ढुवानी गर्न उद्योगीले उद्योगमा ट्रक पठाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.