सीमामा खटिएका सशस्त्र प्रहरीका असईको मृत्यु

सीमामा खटिएका सशस्त्र प्रहरीका असईको मृत्यु

राजविराज : सीमामा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को बेहोस भएर मृत्यु भएको छ। भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका-९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो।

उनी ड्यूटीमा खटिएकै बखत उनको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले जानकारी दिए। उनका अनुसार कार्की ड्यूटि गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो। 'अन्य कारण अहिले खुल्न सकेको छै' उनले भने, 'पोष्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्छ।'

मृतक कार्कीको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.