जेठदेखि होटल बन्द गरिने

जेठदेखि होटल बन्द गरिने

काठमाडौं : सरकारले वैशाखको अन्त्यसम्म पर्यटन क्षेत्रलाई सम्बोधन गर्ने गरी केही राहत प्याकेज ल्याउन नसके जेठबाट सबै होटल बन्द गर्ने होटल संघ नेपाल(हान)ले बताएको छ। संघले श्रम ऐनको दफा १४५ को आधारमा होटल बन्द गर्न सक्ने बताएको छ।

हानको आइतबार भएको आकस्मिक छलफलबाट आगामी ६ महिनाका लागि होटल बन्द गर्न सक्ने निर्णय भएको र यस सम्बन्धमा सोमबार पर्यटन मन्त्रालयलाई जानकारी गराइएको उपाध्यक्ष विनायक शाहले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। बजेटको तयारी पनि भइरहेकाले बजेटबाट नै पर्यटन क्षेत्रलाई सम्बोधन गर्न आग्रह गरिएको बताइएको छ। कर्मचारीलाई वैशाखको तलव खुवाउने समय नजिकिएपछि होटल संघ सरकारलाई झकझकाउन सक्रिय रूपमा लागेको हो।

कोभिड १९ र लकडाउनका कारण आम्दानी शून्य भएकाले कर्मचारीलाई तलब खुवाउन सक्ने अवस्था छैन भन्दै शाहले सरकारलाई रोजगारी संरक्षण कोष खडा गर्न सुझाव दिइएको बताए। भ्रमण वर्षमा छुट्टाइएको रकम, १ प्रतिशत सामाजिक सुरक्षा कोषमा भएको रकमलगायत सरकारले कोषमा धनराशि जम्मा गर्न सक्ने शाहले बताए। होटललाई टिकाइ राख्न पनि सरकारले माग सुनुवाइ गर्नुपर्ने उनको भनाइ छ।

सन २०२० को सुरुबाट नै कोरोनाका कारण पर्यटन क्षेत्र नै प्रभावित बन्दा होटलको अकुपेन्सी दर आधाले नै घटेको थियो। मार्च २४ तारिकाबाट लकडाउन सुरु भएयता होटलको आम्दानी शून्य छ भने होटल व्यवस्थापनको आन्तरिक खर्च जुटाउन नसक्ने अवस्थामा पुगेको उपाध्यक्ष शाहले बताए।

चैतसम्म पूरै तलव खुवाएका होटलले वैशाख तलवमा भने कटौती गर्ने भएका छन्। संघ सदस्यहरूको छलफलले अप्रिल महिनाको तलव न्यूनतम तलवको १२.५ प्रतिशत दिने र सेवा शुल्कबाट उठाउने १० प्रतिशतलाई बाँडफाँट गर्ने निर्णय भएको शाहले जानकारी गराए। संघले नोभेम्बर २०१९ सम्म भएको कुल व्यापारको १० प्रतिशत सेवा शुल्कलाई अप्रिल महिनामा बाँडफाँट गरेर कर्मचारीलाई दिने तयारी गरको छ। ट्राभल एजेन्टले होटललाई पर्यटक पठाउने र उनीहरूको खर्च वापतको रकम ६ महिनाभित्र सम्बन्धित होटललाई तिर्ने गर्छन्। त्यसमध्ये १० प्रतिशत सेवा शुल्क कर्मचारीमा वितरण गरिँदै आएको छ।

१० प्रतिशतमा ७२ प्रतिशत कर्मचारीलाई २३ प्रतिशत सम्बन्धित होटललाई, १ प्रतिशत ३ वटा कर्मचारी युनियनलाई र १ प्रतिशत संघलाई बाँडिने गरिन्छ। संघमा हाल करिब ३ हजार होटल आबद्घ छन् भने साढे ७ लाखदेखि ८ लाखसम्म कर्मचारी रहेको उपाध्यायले बताए। मुलुकको होटल क्षेत्रमा मात्रै १० खर्ब रुपैयाँभन्दा बढीको लगानी रहेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.