आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई एसईई उत्तीर्ण गराउन प्याब्सनको माग

आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई एसईई उत्तीर्ण गराउन प्याब्सनको माग

काठमाडौं : कोरोना (कोभिड १९)संक्रमण त्रासका कारण सम्पन्न हुन नसकेका विद्यालय तहको परीक्षा सञ्चालनको सट्टा सम्बन्धित विद्यालयले नै आन्तरिक मूल्यांकन गरेर विद्यार्थी उत्तीर्ण गराउन प्याब्सनले माग गरेको छ ।

कोरोनाको संक्रमण त्रास कायमै रहेको र कहिले साम्य हुन्छ भन्ने एकिनसमेत नभएको अवस्थामा परीक्षा सञ्चालन गर्ने मिति कुरेर बस्नु उपयुक्त नहुने उसको भनाइ छ । कोरोना त्रासले विद्यालय तह अन्तर्गत माध्यमिक शिक्षा परीक्षा –एसईई तथा कक्षा ११ र १२ को परीक्षा सम्पन्न हुन सकेको छैन ।

केहि स्थानीय तहमा कक्षा ८ को परीक्षा पनि सम्पन्न हुन सकेको छैन । प्याब्सनले मंगलबार जारी गरेको विज्ञप्तिमा एसईईको लागि विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र सोही मूल्यांकनको आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरेर ग्रेड सिट तथा प्रमाणपत्र उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

विश्वका प्रतिष्ठित शैक्षिक संस्थहरुले समेत आन्तरिक मूल्यांकन गरेर विद्यार्थीलाई प्रमणपत्र उपलब्ध गराउने निर्णय गरेकोले नेपालमा पनि सोही अबलम्बन गर्दा उपयुक्त हुने प्याब्सनको दावी छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.