वीरगन्जमा तीन सातापछि पीसीआर मेसिन सञ्चालन

वीरगन्जमा तीन सातापछि पीसीआर मेसिन सञ्चालन

वीरगन्ज : सरकारले वीरगन्जको नारायणी अस्पतालमा पठाएको पीसीआर मेसिन तीन सातापछि मात्रै सञ्चालनमा आएको छ । प्रदेश सरकारको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा प्रयोगमा रहेको पीसीआर मेसिन बैशाख ३ गते नै नारायणी अस्पतालमा पठाइएको थियो ।

मेसिन सञ्चालनका लागि आवश्यक अन्य महँगा उपकरणहरू सरकारले नपठाएका कारण पीसीआर मेसिन अस्पतालको स्टोर रुममै ३ सातादेखि थन्क्याएर राखिएको थियो । आवश्यक अन्य उपकरण र औजारको जोहो गरेर मेसिन जडान गरि मंगलबारदेखि पीसीआर परीक्षण ल्याब सञ्चालन गरिएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

पहिलो दिन १६ वटा स्वाब अस्पतालको ल्याबमा परीक्षण गरि रि–भेरीफिकेसनका लागि काठमाडौं उनले बताए । उनले भने, ‘मेसिनको टेष्टका लागि मंगलबार १६ जनाको स्वाब टेष्ट गरी रि–भेरीकेसनका लागि काठमाडौं पठाएका छौं, त्यहाँबाट आउने रिपोर्ट र यहाँको रिपोर्ट मेल खाएपछि मात्रै यहाँको ल्याबबाट नियमित पीसीआर परीक्षण सुरु गर्छौं ।’

पीसीआर मेसिनबाट दैनिक अधिकतम ७० वटा स्वाबको परीक्षण गर्न सकिने डा. उपाध्यायले जानकारी दिए । सरकारले बैशाख ३ गते पीसीआर मेसिन मात्रै पठाएको तर त्यसका लागि आवश्यक विभिन्न किसिमका अन्य उपकरण र औजारहरू नपठाएकाले ती सामानको जोहो गर्न समय लागेको अस्पतालले जनाएको छ ।

यसअघि वीरगन्जमा पीसीआर ल्याब सञ्चालनमा आउन नसक्दा कोरोनाका शंकास्पद र संक्रमितहरूको स्वाब संकलन गरेर पीसीआर परिक्षणका लागि अस्पतालले काठमाडौंमै पठाउने गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.