अब कक्षा एकदेखि नै संस्कृत पढाइ हुने

अब कक्षा एकदेखि नै संस्कृत पढाइ हुने

काठमाडौं : सरकारले विद्यालय तहमा कक्षा एकदेखि नै संस्कृत विषयको पठनपाठन सञ्चालन गर्ने भएको छ । यही शैक्षिक सत्रदेखि नै यो विषयको पढाइ सुरु गरिने शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षा मन्त्रालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा एकमा पढाउन बनाइएको संस्कृत शिक्षा विषयको पाठ्यक्रमको स्वीकृति दिएको छ । यो पाठ्यक्रम विज्ञको सहयोगमा बनाएर केन्द्रले स्वीकृति दिएको हो । स्थानीय पाठ्यक्रमको रुपमा इच्छुक स्कुलले सोही पाठ्यक्रमलाई आधार मानेर संस्कृतको पढाइ सञ्चालन गर्न सक्ने केन्द्रले जनाएको छ । संस्कृत विषयको नाम अस्माकम संस्कृत (हाम्रो संस्कृत) दिइएको छ ।

यसअघि कक्षा चारदेखि ८ सम्म संस्कृत विषयको पढाइ हुन्थ्यो । तर तत्कालिन माओवादीको द्वन्द्वका क्रममा कार्यकर्ताले स्कुल छिरेर संस्कृत विषयको पुस्तक च्यात्दै शिक्षकलाई समेत कक्षामा प्रवेश गर्न नदिने अभियान सञ्चालन गरेपछि पढाइ बन्द भएको थियो ।

केन्द्रका एक अधिकारीले अहिले संस्कृत धेरैको प्यारो भाषा भएको बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.