लकडाउनमै आयोजनाको निर्माण सुरु

लकडाउनमै आयोजनाको निर्माण सुरु

सुर्खेतः कर्णालीमा कोरोना त्रासपछि रोकिएका विभिन्न आयोजनाको काम सुचारु गर्न थालिएको छ । लकडाउनका कारण बन्द भएका विकास आयोजनाको काम पुनः सुचारु गर्न लागिएको हो । मेसिन, उपकरण र औजार प्रयोग हुने विभिन्न ५० वटा आयोजनाको काम सुचारु गर्न लागिएको प्रदेश सरकारले जनाएको छ।

लकडाउनका बीच पनि विकास आयोजनाको काम संचालन गर्ने प्रदेश सरकारले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । यसका लागि मेसिनको प्रयोगबाट काम हुने आयोजनाको विवरण संकलन भइरहेको छ । वर्षात्को मौसम सुरु हुनुभन्दा अगाडि नै सम्पन्न गर्न सकिने विकास आयोजनाको विवरण संकलन थालिएको हो । जिल्लाबाट विवरण आउनेक्रम जारी रहेकाले निर्माणको काम चाँडै थालिने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

यसअघि प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले सुरक्षा प्रत्याभूति हुनेगरी मेसिनको प्रयोग हुने विकास आयोजना सुचारु गर्ने निर्णय गरिसकेको छ । यसका लागि ठप्प रहेका विकास आयोजनालाई नियमित सञ्चालन गर्न आवश्यकपर्ने मेसिन, औजार, उपकरण तथा श्रमिकको व्यवस्थापन गर्ने जिम्मा प्रदेश र जिल्लालाई दिइएको छ ।

कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक सतर्कता अपनाएर कामदारभन्दा बढी मेसिन प्रयोग हुने आयोजनालाई उच्च प्राथमिकता दिइने भन्दै निर्माणको कामलाई अघि बढाउन गृहकार्य भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको हो । 

कतिपय जिल्लाले लकडाउनमा पनि विकास निर्माणका कामहरु गर्न सकिने आयोजनाको विवरण मन्त्रालयमा बुझाइसकेका छन् । ति जिल्लालाई स्थानीय प्रशासनसँग समन्वय गराएर काम गराउने तयारी भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माले जानकारी दिए।

उनका अनुसार प्रदशभरी विभिन्न ५० वटा विकास आयोजनाको काम अघि बढाउनेगरी विवरण संकलन भइरहेको उनको भनाइ छ । यी मध्ये सबैभन्दा बढी आयोजना सुर्खेतका छन् । धेरै आयोजना लकडाउनकै कारण रोकिएकाले भौतिक दुरी कायम गराएर सूचारु गर्ने मन्त्रालयले जनाएको छ ।

लकडाउनको अवधि लम्बिँदै जान थालेपछि जिल्लाबाट वर्षातको मौसम अगावै सक्नुपर्ने आयोजनाको विवरण माग्न सुरु गरिएको हो । पूर्वाधार विकास कार्यालयहरुबाट कामदार कम प्रयोग गरेर सञ्चालन गर्न सकिने आयोजनाहरुको विवरण माग गरिएको हो । 'अबको एकसाता भित्रैमा काम सुरु गर्नेगरी मन्त्रालय जुटेको छ,' भौत्तिक मन्त्रालयका प्रवक्ता शर्माले भने, 'वर्खा अगावै सम्पन्न हुनुपर्ने आयोजना सम्पन्न नगर्ने हो भने निर्माणमा रहेका आयोजनामा अर्को आर्थिक वर्षमा फेरि शून्यबाट काम गर्नुपर्छ।'

'मेसिनको प्रयोग बढी र कम कामदार लगाएर सञ्चालन गर्न सकिने आयोजनालाई उच्च प्राथमिकतामा राखेका छौं,'उनले भने,' उनले लकडाउन जारी रहे पनि विकास आयोजनाको काम संचालन गरिनेछ।'

तर नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका अध्यक्ष जनक रावलले लकडाउनका कारण रोकिएका विकास निर्माणका काम सरकारले सोचेझैँ सुरु गर्ने अवस्था नरहेको बताए । 

मेसिनबाट मात्रै सञ्चालन भइरहेका आयोजना जिल्लामा कम रहेकाले कामदार पनि आवश्यक पर्ने उनको भनाइछ । काम गर्ने कामदारहरु अधिकांश घर गएको र यो समयमा ल्याउन समस्या रहेको उनले बताए ।'नयाँ सडक कटिङबाहेक अन्य काममा मजदुर आवश्यक पर्छ,' रावलले भने, 'रोकिएको काम अघि बढाउन सरकारले वातावरण सिर्जना गर्नुपछ ।'

यहाँका कतिपय स्थानीय तहले पनि रोकिएका आयोजनाको काम अगाडि बढाउन थालेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.