थप संक्रमण फैलन नदिन वीरगन्जमा उच्च सतर्कता

थप संक्रमण फैलन नदिन वीरगन्जमा उच्च सतर्कता

वीरगन्ज : एकै दिन एउटै परिवारका १७ जनामा कोरोनाको संक्रमण भेटिएपछि वीरगन्जमा बिहीबारदेखि थप सतर्कता अपनाइएको छ । वीरगन्ज ३ छपकैयामा बुधबार एउटै परिवारका १७ जनामा कोरोना संक्रमण भेटिएको थियो । त्यसअघि गत आइतबार त्यही परिवारका ३६ वर्षीय पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
 
एउटै परिवारमा १८ जना संक्रमित भेटिएपछि थप संक्रमण फैलनबाट रोक्न वीरगन्ज महानगरका अधिकांश क्षेत्रमा सवारी साधन आवत जावतमा पूर्ण रुपमा रोक लगाइएको छ । बिहीबार बिहान ५ बजेदेखि नै वीरगन्जको मुख्य सडक तथा संक्रमित भेटिएका वडा र त्यस  आसपासका क्षेत्रमा आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको हो । 

१८ जना संक्रमित भेटिएका वीरगन्ज वडा नम्बर ३ संगै त्यस आसपासका वडा नम्बर १ र २ लाई पनि पूर्ण रुपमा सिल गरिएको छ । स्थानीय प्रशासनले वीरगन्ज शहर प्रवेश गर्ने पावरहाउस चोकदेखि वीरगन्ज भन्सार क्षेत्रको रजत जयन्ति चोकसम्मको मुख्य सडकमा भने बिहीबार बिहानै देखि सवारीसाधन आवागमनमा रोक लगाएको छ ।
 
अतिआवश्यकबाहेकका सबै सवारी साधनहरु स्थानीय प्रशासनको अनुमति विना चलाउन रोक लगाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए ।  जिल्ला प्रशासन कार्यालय पर्साबाट यसअघि लिइएका सवारी सधान सन्चालनको इजाजतपत्र (सवारी पास) बिहीबारदेखि खारेज पनि गरिएको उनले बताए । 

उनका अनुसार अब आवश्यकता भए इ–पास अर्थात अनलाइनबाट अनुमतिपत्र (सवारी पास) लिएर मात्रै सवारी सधान चलाउनुपर्ने व्यावस्था बिहीबारदेखि गरिएको  छ । बिहीबार इ पास नलिइ काममा हिँडेकाहरुलाई प्रहरीले सवारी साधन नियन्त्रणमा लिएर मानिसलाई भने घर फर्काइ दिनथालेको छ । 

किराना पसल र बैंक पनि बन्द
 
वीरगन्जको मुख्य सडकको आवतजावतमा स्थानीय प्रशासनले पूर्ण रुपमा रोक लगाएपछि बिहीबारदेखि शहर झन सुनसान भएको छ । लकडाउनमा बिहान ११ देखि ३ बजेसम्म खुल्ने किराना पसलहरु पनि खुलेका छैनन् । 

लकडाउनमा निश्चित समयका लागि खोलिने गरेका बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द छन् । बिहीबार बिहानैदेखि शहरको हरेक टोल र चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी बढाउनुका साथै चेकजाचमा पनि थप कडाइ गरिएको छ । 

संक्रमितको क्लोज कन्ट्याक्टमा रहेका ८१ को स्वाब संकलन सुरु

वीरगन्ज ३ छपकैयामा बुधबार १७ र आइतबार १ जननमा कोरोना संक्रमण पुष्टि भएका एकै परिवारका १८ संक्रमितको क्लोज कन्ट्याक्टमा (हेलमेल) मा रहेकाहरुको पिसिआर परीक्षणका लागि बिहीबारदेखि स्वाब संकलन गर्न थालिएको छ । 

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डाक्टर मदन उपाध्यायका अनुसार, वीरगन्ज ३ छपकैयाका एउटै परिवारमा भेटिएका १८ जना संक्रमितको क्लोज कन्ट्याक्ट (हेलमेल) मा रहेका ८१ जनाको पहिचान भइसकेको छ ।  उनका अनुसार संक्रमितहरुको कन्टयाक्ट्र ट्रेसिङ गर्ने क्रममा क्लोज कन्ट्याक्टमा रहेका ८१ जनाको पहिचान भएको हो । क्लोज कन्ट्याक्टमा रहेकाहरुको पहिचान भएपछि उनीहरुको पिसिआर परीक्षणका लागि बिहीबारदेखि स्वाब संकलन गर्न थालिएको उपाध्यायले जानकारी दिए । 

स्वाब संकलनका लागि अस्पतालबाट स्वास्थ्यकर्मीको टोली वीरगन्ज ३ छपकैयामा खटिइसकेको उनले बताए । क्लोज कन्टयाक्टमा रहेका ८१ जनाको स्वाब संकलन गरी परीक्षणपछि दोश्रो चरणमा संक्रमितहरुको घर भएको टोलका शंकास्पद अन्य व्याक्तिको पनि स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने उपाध्यायले जानकारी दिए ।

तर नारायणी अस्ततालमा स्वाब संकलनका लागि आवश्यक केही स्वास्थय सामाग्रीको भने अभाव हुन थालेको उनले बताए ।अहिलेसम्म ८ सय भिटिएम सकिइसकेको र अब अस्पतालमा ४ सय मात्र भिटिएम रहेकोले यसले धेरै दिन थेग्न सक्ने अवस्था नरहेकोले स्वास्थ्य मन्त्रालयसँग थप भिटिएम माग गरिएको उपाध्यायले बताए । नारायणी अस्पतालले  बुधबारसम्म ८ सय जनाको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको छ ।  
 
मेसु उपाध्यायले बुधबार एकै दिन फेला परेका १७ र त्यसअघि अस्पतालमा ल्याइएका १८ गरी २४ जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी पनि दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.