शिक्षा मन्त्रालयले बनायो इ लर्निङ पोर्टल

शिक्षा मन्त्रालयले बनायो इ लर्निङ पोर्टल

काठमाडौं  : फुर्सदमा रहेका कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ ।  कक्षा १ देखि १० सम्मकाविद्यार्थीले विद्यालयमा पढ्ने सामग्रीलाई यो पोर्टलमा समावेश गरिएको छ । सबै विषयको सामग्री यसमा समेटिएको छ । यसको सञ्चालन तथा नियन्त्रण शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ । 

केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाका अनुसार विद्यार्थीले यो पोर्टलमा गएर आफूलाई आवश्यक कक्षा र उक्त कक्षाका विषय अनुसारको सामग्री पढ्न पाउनेछन् । तर त्यस्त विद्यार्थीमा इन्टरनेटको पहुँच हुनुपर्छ । 

एक पटक इन्टरनेट खोलेर आफूलाई मन परेको सामग्री डाउनलोड गरेर फुर्सदमा पढ्न मिल्ने पनि केन्द्रले जनाएको छ । कोभिड १९ को संक्रमण त्रासका कारण पढाईबाट बञ्चित भएका विद्यार्थीलाई लक्षित गरेर यो पोर्टल सुरु गरिएको हो । फुर्सदमा रहेका विद्यार्थीलाई अनलाइनबाट पढाउने होडबाजी चलिरहेको बेलामा केन्द्रले यो पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलमा समावेश गरिएका सबै सामग्री हार्ड ड्राइभकम राखेर सातै प्रदेशमा पठाइएको पनि थपलियाले बताए । 

विद्यार्थीले स्कुलमा पढ्ने पुस्तकका सामग्री नै यो पोर्टलमा राखेको हुनाले अहिले पढेका विद्यार्थीलाई स्कुल खुलेपछि सिक्न सहज हुने उनले विश्वास व्यक्त गरे । केन्द्रले सरकारी तथा नीजि लगानीका विद्यालयलाई यो पोर्टलबाट आवश्यक सामग्री प्रयोग गर्न भनेको छ । फुर्सदमा रहेका शिक्षक र विद्यार्थीलाई यो पोर्टल उपयोगी हुने केन्द्रको दावी छ । पोर्टल खोल्न learning.cehrd.gov.np मा क्लिक गर्नुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.