सप्तरीमा कोरोना संक्रमित भेटिएपछि सिरहाका सबै नाका सिल

सप्तरीमा कोरोना संक्रमित भेटिएपछि सिरहाका सबै नाका सिल

राजविराज : सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटेलका १८ वर्षीय युवामा कोरोना संक्रमणको पुष्टि भएसँगै सप्तरीसँग जोडिएका सिरहातर्फका सबै सबै नाका सिल गरिएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजकुमार गुरागाइँका अनुसार यसअघि उदयपुर जिल्लामा दैनिकजसो कोरोना संक्रमित फेला पर्न थालेको भन्दै तत्काल उदयपुर जिल्लाबाट हुने आवतजावत रोक्न उदयपुर जिल्लासँग सीमा जोडिएका नाका बन्द गरिएको थियो। तर, सप्तरीमा पनि कोरोना संक्रमित भेटिएपछि सप्तरीसँग जोडिएका  सिरहातर्फका सबै नाकामा सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए।

चितवनमा भवन निर्माणका लागि मजददूरीमा खटेका सप्तरीका ती युवा लकडाउनकै समय गत वैशाख ९ गते पैदलयात्रा गरी सप्तरीस्थित घर आइपुगेका थिए। अन्य १३ जना साथीसहित घर फर्केका ती युवालाई पातोस्थित माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनमा राखिएको थियो।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा चुमनलाल दासका अनुसार वैशाख २५ गते थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएकामा सात जनाको रिर्पोट प्राप्त भएको र सोही रिर्पोटमा ती युवामा कोरोना संक्रमण देखिएको बताए।

संक्रमित युवकको गाउँ पनि  सिल
सप्तरीका एक युवकमा कोरोना संक्रमण देखिएपछि  डाक्नेश्वरी नगरपालिका-३ को हटैल टोललाई  सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरका अनुसार सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको हो।

संक्रमित युवालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने प्रवक्ता ठाकुरले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.