ड्यूटी बसेका प्रहरीको रहस्यमय हत्या

ड्यूटी बसेका प्रहरीको रहस्यमय हत्या

सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी चौकी आग्रीगाउँ देउलीडाँडामा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको रहस्यमय हत्या भएको छ। सोमबार राती ड्यूटीमा बसेका उनको नजिकैको जंगलमा रहस्यमय हत्या भएको हो। उनको हत्या वा आत्महत्या भन्ने बिषयमा प्रहरीले अनुसन्धान थालेको छ।

राती ड्यूटी बसेका मृतक खड्काको लास प्रहरी चौकीदेखि डेढ किलोमिटर टाढा जंगलमा फेला परेको हो। कञ्चटमा गोली लागि मृत अवस्थामा फेला परेका प्रहरी जवान खड्काको रहस्यमय हत्या भएको धेरैको अनुमान छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुर्खेतको चिंगाड गाउँपालिका तत्कालिन रानीवास गाविस-५ घर भएका जवान खड्का पेस्तोलसहित राती ड्यूटी बसेका थिए। हतियारसहित ड्यूटी बसेका उनी कतिखेर फरार भए भन्नेबारे एकिन छैन।

‘उनको ड्यूटी राती २ बजेदेखि बिहान ६ बजेसम्म रहेछ। तर उनी कतिखेर कहाँ गए भन्नेबारे तत्काल प्रहरी चौकीलाई थाँहा भएन’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्सपेक्टर गोपाल रायमाझीले भने, ‘पछि हेर्दा उनी ड्यूटीमा नभएपछि खोजी गर्दा प्रहरी चौकीदेखि डेढ किलोमिटर टाढा जंगलमा उनको लास फेला पर्‍यो।'

घटना अनुसन्धानमै रहेकोले अहिले मृत्युको कारण ड्याकै यही नै हो भनेर भन्न नसकिने उनले बताए। तर एक थान पेस्तोल र सात राउण्ड गोलीसहित उनी ड्यूटीबाटै हराएका हुन्। घटनापश्चात जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी उपरिक्षक दिल्लीराज पन्त, प्रहरी अनुसन्धान अधिकृत भरत शाहसहितको टोली घटनास्थल गएर अनुसन्धान गरिरहेको रायमाझीले जानकारी दिए। उक्त प्रहरी चौकी सिम्ता गाउँपालिका-३ मा पर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.