पर्साका दुई पत्रकारमा कोरोना संक्रमण

पर्साका दुई पत्रकारमा कोरोना संक्रमण

वीरगञ्ज : पर्साका दुईजना पत्रकारमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। 

मंगलबार कोरोना पोजिटिभ देखिएका ३९ जनामध्ये दुईजना पत्रकार रहेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए। '३९ मध्ये अरु पत्रकार हुन् वा होइन भन्ने हामी खोजी गरिरहेका छौँ, उनले भने । 

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले भने कति पत्रकार छन् भन्ने विषय अनुसन्धान भइरहेको जानकारी दिए। उनका अनुसार मंगलबार कोरोना पोजिटिभ देखिएकामध्ये १४ जना ग्रामीण क्षेत्रका छन् भने १४ जना वीरगन्ज नगरका छन्।  

पर्सामा यसअघि २५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । मंगलबार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एउटै जिल्लामा सबैभन्दा बढी ६४ जना संक्रमित भएका छन् । देशभरमा संक्रमितको संख्या १९१ पुगेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.