लकडाउनमा फेवातालको सफाइ (फोटो फिचर)

लकडाउनमा फेवातालको सफाइ (फोटो फिचर)

पोखरा : फेवातालको पुछार ड्यामसाइड क्षेत्रको तालमा फोहोर बढेपछि स्थानीय युवा सफाइमा जुटेका छन् । लकडाउनकै समयमा फिजिकल डिस्टेन्स कायम गरी ड्यामसाइड युवा क्लबको नेतृत्वमा स्थानीय युवा र आमा समूह ताल सफाइमा जुटेका हुन् ।
 
ड्यामसाइड क्षेत्रमा फोहोर बढेपछि पोखरा महानगरपालिकासँग समन्वय गरेर फोहोर फाल्ने मसिनको समेत प्रयोग गरेर सफाइ अभियान गरिएको ड्यामसाइड क्लबका अध्यक्ष पदमबहादुर ढकालले बताए । 

मसिनले तालबाट बाहिर निकालेको फोहोर युवाले व्यवस्थापन गरेका हुन् । तालमा फोहोर मिसिने क्रम नरोकिएपछि युवाहरु सफाइमा जुटेको पोखरा महानगरपालिका १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले बताए । 

चीनमा पहिलो पटक देखा परेर विश्वभर फैलिएको नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण आधा विश्व लकडाउनमा छ । लकडाउनका कारण सवारी साधन नचल्दा र उद्योगहरु बन्द हुँदा वातावरण प्रदूषणमा कमी आएको नासाका वैज्ञानिकहरुलाई उद्धृत गर्दै समाचार आइरहेका छन् । नेपालको राजधानी काठमाडौंलगायत देशभरको वातावरण प्रदूषणमा पनि कमी आएको बताइए पनि पोखरा बजार हुँदै तालमा आएर मिसिने फिर्के खोलामा जथाभावी फोहोर फाल्ने क्रम नरोकिए पछि तालको प्रदूषण उस्तै रहेको छ।

पोखराको विन्ध्यवासिनी देखिका ढल तालमा सोझै मिसिने फिर्के खोला हुँदै तालमा मिसिन पुग्छन् । प्लाष्टिक, बोतल, थोत्रा कपडा, मरेका कुखुरा समेत खोलाको पानी संगै तालमै डुबुल्की मार्न पुग्छन् । घर घरका फोहोर पानी पनि उतै सोझिएका छन् । 

पोखरा नेपालकै धेरै पानी पर्ने सहर मानिन्छ । चैत, वैशाखमा बेला बेलामा पानी परिरहेको छ । ठूलो पानी पर्‍योकी पोका पोका फोहोर र फोहोर पानी फिर्के खोला हुँदै तालमा ओइरिन्छ । 

फिर्के खोलामा फोहोर फाल्ने क्रम नरोकेसम्म वा खोला नै डाइभट गरेर ताल नकटाएसम्म ताल प्रदूषण नरोकिने पोखरा महानगरपालिका ६ का वडा सदस्य हरिकृष्ण पहारीले बताए । यसका लागि महानगरपालिकाले पहल गरिरहेको वडा नम्बर १७ का वडा अध्यक्ष अधिकारीले सुनाए ।   


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.