लकडाउन पीडितलाई पत्रकारको राहत
मुगु : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि चैत्र ११ गते देखि लागू भएको लकडाउनका कारण बिहान- बेलुकी छाक टार्न समस्यामा परेकालाई राहत उपलब्ध भएको छ।
विदेशमा रहेका नेपाली फोटो पत्रकारको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो। छाँयानाथ रारा नगरपालिका-१ देखि १४ वडाका ५६ जना अपांग, एकल महिला, र पिपन्न परिवारलाई हाल नाइजेरियामा रहेका स्टोरिज अफ नेपालका नेपाली फोटो पत्रकार जय देव पौडेलको सहयोगमा १ लाख ७ हजार ८ सय ७५ मूल्य बराबरको राहत उपलब्ध भएको हो।
छाँयानाथ रारा नगरपालिका-१ देखि १४ वडाका अपांग १७ एकल महिला १९ र १४ जना बेुसाहरा तथा विपन्न प्रति व्यक्ति १५ किलो चामल, चार किलो दाल, एक लिटर खाने तेल, एक किलो नुन र तीन चक्की साबुन घरमै पुगेर वितरण गरेको छाँयानाथ रारा नगरपालिका-२ का वडा अध्यक्ष परेक चौलागाईले जानकारी दिए।
राहत बुझेपछि छाँयनाथ रारा नगरपालिका-५ की नानीभाउ कामीले सहयोगी दातालाई धन्यवाद दिइन्। 'लकडाउनका कारण बिहान बेलुका के खाने समस्या थियो, उनले भनिन्,' केही दिनका लागि भएपनि ठूलो राहत पुग्यो।'
सोही नगरपालिका-१० कि जनादेवी विकले पनि राहतले आफूलाई ठूलो सहयोग पुगेको बताइन्। लकडाउनमा विपन्न व्यक्तिलाई सानै भएपनि सहयोग गरौं भन्ने भावले रकम जुटाइ खाद्यान्न वितरण गरिएको स्टोरिज अफ नेपालका जयदेब पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !