अस्पतालमा ठाँउ नहुँदा १८ संक्रमित घरमै अलपत्र

अस्पतालमा ठाँउ नहुँदा १८ संक्रमित घरमै अलपत्र

वीरगन्ज : वीरगन्जमा मङ्गलबार राति संक्रमण पुष्टि भएका १८ जना संक्रमित अस्पतालमा ठाउँ खाली नहुँदा घरमै अलपत्र परेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा एकै परिवारका ७ जनासहित १८ जनामा मङ्गलबार राति संक्रमण भेटिएको थियो ।

संक्रमण पुष्टि भए लगत्तै संक्रमितहरुलाई उपचारका लागि कोबिड १९ अस्पतालमा लगेर भर्ना गर्नु पर्छ । तर राति सवा १० बजे संक्रमणको पुष्टि भएका १८ जनालाई भने अहिलेसम्म अस्पताल लगिएको छैन । जसका कारण उनीहरु आफ्नै घरमा अलपत्र परेका हुन् ।

संक्रमितहरुलाई अस्पताल नलगी घरमै राख्दा त्यसले अन्य व्याक्तिहरुमा संक्रमण  फैलने जोखिम देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमितहरुको उपचार हुँदै आएको नारायणी अस्पतालको आइशोलेशन वार्डमा थप संक्रमित राख्ने बेड(शैया) नभएर उनीहरु अस्पताल नगएका हुन् । 

अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले अस्पतालमा बनाइएको आइशोलेशन वार्ड खाली नरहेका कारण १८ जना संक्रमितलाई नल्याइएको बताए । 'आइशोलेशन वार्डको क्षमता ७० शैयाको मात्र छ' , उनले भने, ‘पहिलेदेखि नै ६९ जना संक्रमित ल्याएर राखिसकिएको छ, अब थप संक्रमित राख्ने ठाँउ नै छैन , हामीले थप संक्रमित अब राख्न सक्दैनौँ ।' 
 
सुरुमा ५ शैयाको आइशोलेशन वार्ड बनाइएको र पछि संक्रमित थपिंदै जाँदा २५ , ५० हुँदै ७० शैयाको बनाइएको तर अब थप बेड राख्ने ठाँउ नै नभएको उनले बताए । अस्पतालको आइसियु , प्रसुती , मेडिकल , सर्जिकल , अर्थो गरी सबै वार्डमा बेड व्यवस्थापन गरी ६९ जना संक्रमित राखिएको उपाध्यायले जानकारी दिए । 
 
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीले भने महानगरपालिकाले वीरगन्जकै गण्डक हस्पिटललाई अस्थायी कोबिड १९ अस्पताल बनाउने सम्झौता गरिसकेको भए पनि सरकारले समयमै स्वीकृति नदिएकाले यो समस्या आएको बताए । 'हामीलाई थाहा थियो नारायणी अस्पतालले मात्रै संक्रमितको चाप थेग्न सक्दैन , त्यहि भएर महानगरले गण्डक हस्पिटलमा १ महिना पहिले नै कोबिड १९ हस्पिटल सन्चालनका लागि सहमति गरेको थियो',  सरावगीले भने ,‘तर राजनीति गरियो, समयमा मन्त्रालयले स्वीकृति दिएन, त्यसैको परिणम अहिले भोग्नु परिरहेको छ ।' 

संक्रमितलाई कहा राख्ने विषयमा स्थानीय प्रशासनले महानगरसँग कुनै छलफल नगरेको गुनासो पनि उनले गरे । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीतकुमार बस्नेतले पनि अस्पतालका मेसु उपाध्यायले अस्पतालमा थप संक्रमितलाई राख्ने ठाँउ नभएको जवाफ दिएकोले छपकैयाका १८ संक्रमित आफ्नै घरमा रहेको बताए । उनले भने, ‘ती संक्रमितलाई वीरगन्जमै अर्को व्यवस्थापना गरेर राख्ने वा प्रादेशिक अस्पताल जनकपुर पठाउने भन्ने विषयमा छलफल भइरहेको छ।' 
 
मङ्गलबार राति नै संक्रमण पुष्टि भएका संक्रमितलाई अस्पताल नल्याइ घरमै राखिएका कारण उनीहरुबाट अन्य व्याक्तिमा संक्रमण फैलने जोखिम उच्च रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका एक स्वास्थ्यकर्मीले बताए । 'यदि नारायणी अस्पतालमा ठाँउ छैन भने स्थानीय प्रशासनले आफ्नो अधिकार प्रयोग गरेर भए पनि तत्कालै अर्को कुनै अस्पतालमा व्यवस्थापन गर्नु पर्ने हो' , ती स्वास्थ्यकर्मीले भने, ‘तर यहाँ एकले अर्कामाथि दोष मात्र थुपारिरहेका छन् ।' 

नारायणी अस्पतालमा स्वास्थ्य सामाग्रीको पनि अभाव
  
नारायणी अस्पतालमा पिसिआर परीक्षणका लागि आवश्यक स्वास्थ्य सामाग्रीको पनि अभाव हुन थालेको छ । अस्पतालका मेसु उपाध्यायका अनुसार , अस्पतालमा भर्ना भएका संक्रमित र शंकास्पद व्याक्तिको स्वाब परीक्षणका लागि आवश्यक पर्ने भिटिएम किटको अभाव भएको छ । 
 
बुधबार बिहानसम्म भिटिएम किट २ सय थान मात्रै रहेको र सन्चारकर्मीको स्वाब परीक्षणका क्रममा एक सयभन्दा बढी किट सकिएको मेसु उपाध्यायले बताए । 
'अब हामीसँग १ सयभन्दा कम भिटिएम किट छ', उनले भने, ‘संक्रमितहरुको कन्टयाक्ट ट्रेसीङ गरेर धेरै जनाको स्वाब संकलन गर्नु पर्नेछ, तर किट सकिन थालेको छ ।' 

तत्कालका लागि स्वास्थ्य मन्त्रालयसँग १ हजार भिटिएम किट माग गरिएको जानकारी दिँदै उनले भने,‘त्यो कहिलेसम्म आउँछ ठेगान छैन , किट सकियो भने स्वाब संकलन कार्य नै रोकिन्छ ।' अस्पताललाई हप्तैपिच्छे सात सय थान किट आवश्यक रहेको पनि उपाध्यायले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.