बाटोको विवादमा हुँदा एकको मृत्यु
कपिलवस्तु : बाटोको निकासको विवाद हुँदा एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। शिवराज नगरपालिका-४ गुलरी गाउंमा बाटोको विषयमा दुई परिवारबीच झगडा भएको थियो। सो झगडामा घाइते भई उपचारका लागि बुटवल लगिएका स्थानीय २८ वर्षीय ओम प्रकाश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।
सो झगडामा घाइते भएका अन्य २ जनाको बुटवलमा उपचार भई रहेको छ। घटनामा संलग्न गहेका २ जनालाई नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धानको काम शुरु गरिएको प्रहरी निरिक्षक दिपेश खरेलले बताए।
प्रतिक्रिया दिनुहोस !