बैतडीमा भारतबाट आएका एकजनामा आरडीटी रिपोट 'पोजिटिभ '

बैतडीमा भारतबाट आएका एकजनामा आरडीटी रिपोट 'पोजिटिभ '

बैतडी : बैतडीमा क्वारेन्टाइनमा बसेका एकजनाको आरडीटी रिपोट पोजिटिभ देखिएको छ । डिलाशैनी गाउँपालिका १ सरस्वती मावि नानारा क्वारेन्टाइनमा बसेका ५० वर्षीय पुरुषको आरडीटी रिपोट पोजेटिभ देखिएको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज जोशीले जानकारी दिए । 

गत वैशाख १८ गते भारतको धार्चुला नाकाबाट स्वदेश भित्रिएका डिलाशैनी गाउँपालिका १ का ती पुरुषको आरडीटी गर्दा रिपोट पोजेटिभ आएको हो ।  आरडीटीमा पोजेटिभ देखिएका पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

उनले भने, 'आरडीटी रिपोट पोजेटिभ देखिएका ती पुरुषलाई जिल्ला अस्पतालको आइसोलेसनमा राख्छौं । थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइनेछ।'

 
नानारा क्वारेन्टाइनमा ७४ र डिलाशैनी गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा २२७ जना छन्। तीमध्ये एकजनाको आरडीटी रिपोट पोजेटिभ आएपछि कसैलाई पनि घर नपठाएको स्वास्थ्य शाखा प्रमुख जोशीले बताए । 

आरडीटी पोजेटिभ देखिएका पुरुषको पीसीआर रिपोटको नआउँदासम्म सबैलाई क्वारेन्टाइनमा राखिने उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.