बाँकेका कोरोना संक्रमितलाई उपचारका लागि दाङ ल्याइयो
दाङ : बाँकेबाट आठजना कोरोना संक्रमितलाई उपचारका लागि दाङमा ल्याइएको छ। दाङमा स्थापना भएको कोराना विशेष अस्पतालमा उनीहलाई उपचार सुरु गरिएको छ। शुक्रबार नरैनापुर गाउँपालिकामा भेटिएका ८ संक्रमितलाई बाँकेबाटै एम्बुलेन्स दाङको बेलझुण्डी रहेको कोरोना विशेष अस्पतलामा ल्याइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले बताए।
बाँकेका आइसोलेसन बेडको अभावका कारण बाँकेबाट बिरामी दाङको कोरोना विशेष अस्पतालमा ल्याएको जनाइएको छ। बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतालमा जम्मा २५ वटा आइसोलेसन बेड मात्रै छन्। त्यो यसअघि नै भरिसकेको छ। आइसोलेनस बेडको अभावका कारण बिरामीलाई बाँकेबाट दाङ ल्याउन थालिएको हो।
यसअघि बर्दियाबाट बेलझुण्डी ल्याउन खोज्दा विरोध भएको थियो। त्यसपछि बाँकेको खजुरास्थित कोरोना विशेष अस्पतलामै ती बालिकालाई राखेर उपचार गरिसुरु गरिएको छ।
जिल्ला बाहिरका बिरामी आउने हल्ला पछि स्थानीयले समेत त्यसको विरोध गरे पनि प्रदेश सरकारले नै प्रदेश भित्रका बिरामीलाई बेल्झुण्डीमा उपचारका लागि ल्याउन सक्ने निर्णय गरेको थियो। त्यो निर्णयपछि बाँकेका आठ बिरामीलाई सहजै रुपमा दाङ ल्याइएको हो। दाङमा एक सय बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !