काठमाडौंमा अलपत्र परेका ३ सय ६२ जना धनकुटा पुगे

काठमाडौंमा अलपत्र परेका ३ सय ६२ जना धनकुटा पुगे

धनकुटा : लकडाउनको कारण काठमाडौंमा अलपत्र परेका ३ सय ६२ जना धनकुटेलीको उद्धार भएको छ। धनकुटाका सात स्थानीय तह तथा धनकुटा-काठमाडौं कोरोना विपद् सहयोग समितिको समन्वयमा उनीहरुलाई ८ वटा बसमा राखेर बिहीबार राति जिल्ला ल्याइएको हो।

उनीहरुलाई बिहीबार भेडेटार भन्दा मुनि छोटीमोरङ (धरानतर्फ) सम्म ल्याएर गाडी भित्रै राखिएको थियो। शुक्रबार स्वास्थ्य परीक्षण प्रश्चात सम्बन्धित स्थानीय तहका प्रतिनिधिले आ-आफ्नो पालिकाका व्यक्ति बुझेका छन्। 

उपचार, अध्ययन तथा रोजगारीको शिलशिलामा काठमाडौंमा रहेका उनीहरुलाई ल्याउन धनकुटाका स्थानीय तह मार्फत पहल गरिएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयाराम श्रेष्ठले बताए। 

उनका अनुसार अलपत्र परेका व्यक्तिलाई काठमाडौंदेखि धनकुटासम्म ल्याउँदाको यातायात खर्च सम्बन्धित स्थानीय तहले तिरेका छन्।
काठमाडौंदेखि उद्धार गरेर ल्याइएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिने भएको छ। हरेक स्थानीय तहले आ-आफ्नो पालिका भित्रका नागरिकलाई क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.