वीरगन्जमा सबै पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ

वीरगन्जमा सबै पत्रकारको कोरोना रिपोर्ट नेगेटिभ

वीरगन्ज : कोबिड १९ को आशंकामा गत बुधबार पिसिआर परीक्षण गरिएका वीरगन्जका सबै १०४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपाल पत्रकार महासंघ  प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानका अनुसार गत बुधबार नारायणी अस्पतालमा पुगेर थ्रोट स्वाबको नमुना दिएका सबै पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो । 

संगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका अरु सबै पत्रकारलाई आफूमा पनि संक्रमण सरेको छ कि भन्ने आशंका थियो । त्यहि कारण वीरगन्ज र काठमाडौंका विभिन्न संचारगृहमा कार्यरत पत्रकारहरुले बुधबार नारायणी अस्पतालमा पुगेर परीक्षणका लागि आ-आफ्नो स्वाबको नमुना दिएका थिए । 

बुधबार अस्पतालमा पुगेका १०४ जना पत्रकारको स्वाबको नमूना संकलन गरेर अस्पतालले त्यही दिन पिसिआर परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । टेकुको प्रयोगशालाबाट शनिबार बिहान प्राप्त रिपोर्टमा १०४ जना पत्रकारको रिपोर्ट नेगेटिभ आएको जानकारी अस्पतालले दिएको अध्यक्ष चौहानले बताए । 

 
मङगलबार २ पत्रकार पनि संक्रमण भेटिएपछि वीरगन्जका सबै पत्रकार मानसिक तनावमा थिए । केहि एफएमका सन्चारकर्मी घर नगइ ४ दिनदेखि  कार्यालयमै बसेका थिए । तर शनिबार सबैको रिपोर्ट नेगेटिभ आएपछि वीरगन्जका पत्रकारहरुले तनावमुक्त भइ खुशी महसुस गरिरहेको अध्यक्ष चौहानले जानकारी दिए । 

'२ जना पत्रकारलाई संक्रमण देखिएपछि गाउँटोलमा पत्रकारलाई समाजका केही व्याक्तिले हेर्ने दृष्टिकोण नै फरक पाइएको थियो' , चौहानले भने, ‘तर अब रिपोर्ट नेगेटिभ आएपछि समाजको दृष्टिकोण पक्कै पनि फेरिन्छ होला भन्ने अपेक्षा छ ।'
 
वीरगन्जमा अझै पनि केहि पत्रकारले पिसिआर परीक्षण नगराएको जानकारीमा आएको भन्दै चौहानले परीक्षण नगराएका पत्रकारहरुलाई पनि अस्पताल पुगेर परीक्षण गराउन आग्रह गरे ।   

    
 
    

    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.