मुम्बईबाट टेम्पोमा आए ४० नेपाली

मुम्बईबाट टेम्पोमा आए ४० नेपाली

मलंगवा : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको र भारत सरकारले लकडाउन थप्दै गएपछि दैनिक जीवन कष्टकर बनेका ४० नेपाली टेम्पोमै चढेर भारतको मुम्बईबाट नेपाल आइपुगेका छन् । टेम्पो चलाएर गुजारा गर्दै आएका सर्लाहीका कविलासी नगरपालिका र बसबरिया गाउँपालिकाका अटो चालक परिवार मुम्बईबाट टेम्पोमै चढेर घर आइपुगेका हुन् । 

उनीहरु नेपाल भारत सीमा नजिकसम्म टेम्पोमा आएका थिए । शनिबार राती भारतीय क्षेत्रमा टेम्पो छोडी पैदल खेतको बाटो हुँदै नेपाल छिरे र गाउँ आइपुगे। उनीहरु अहिले आ–आफ्नो स्थानीय तहले बनाएको क्वारेन्टाइनमा आएर बसेका छन् । ११ वटा टेम्पोमा ४० जना सवार भइ भारतको सीतामढी जिल्लाको सोनवर्षामा शनिबार बिहान आइपुगेका थिए । मुम्बईबाट ५ दिन लगाएर उनीहरु घर आएका छन् । गत मंगलबारबाट टेम्पोमा हिँडेका उनीहरु शनिबार बिहान नेपाल भारत सीमा नजिकैको सोनवर्षा बजारमा आइपुगेका थिए । 

मुम्बईमा संक्रमण बढ्दै गएको र काम बन्द भएपछि आफूहरु टेम्पुमा परिवारसहित घर आएको कविलासी नगरपालिका ८ का रौशनप्रसाद साहले जानकारी दिए । 'काम बन्द भएपछि दैनिक जीवन कष्टकर बनेको थियो । कामधन्दा बन्द भएपछि पैसाको अभाव भयो । २ महिनासम्म जसोतसो गुजारा चलाइयो । तर, लकडाउन खुल्ने छाँटकाट नदेखिएपछि ४० जना आ–आफ्नो टेम्पो लिएर घर आयौं । मंगलवार बिहान हिडेका थियौं । शनिवार बिहान सोनवर्षा बजारमा आएका थियौं । घर आउन खोज्दा भारतीय सुरक्षाकर्मीले रोकेर राख्यो’, साहले भने, ‘स्वास्थ्य परीक्षण गराएर मात्र नेपाल जान भनेपछि शनिबार दिनभर स्वास्थ्य परीक्षणमै लाग्यो ।’ 

सबैको स्वास्थ्य अवस्था समान्य रहेको रिपोर्ट देखेपछि बल्ल आफूहरुलाई उनीहरुले छोडेको साहले बताए । मुम्बईबाट लिएर आएको टेम्पोलाई भारतीय क्षेत्रमा नै छोडेर आएको साहले बताए । 'अवस्था समान्य भए फेरि जान्छु । होइन भने अब नेपालमै बसेर कामधन्दा गर्ने हो। खेतको बाटो हुँदै रातभरिमा हामीहरु आ–आफ्नो गाउँसम्म पुग्न सफल भयौं । सबैजना अहिले क्वारेन्टाइनमा छौं', उनले भने । 

कविलासी नगरपालिकामा शनिबार रातभरिमा २९ जना आएका छन् । जसमा २ जना महिला र २७ जना पुरुष रहेको स्वास्थ्यशाखा  प्रमुख संजय झाले जानकारी दिए । आउनेहरुमा बढी कविलासी नगरपालिका वडा नं. १ पिपरियाका रहेका छन् । सबैलाई अगर्वास्थित विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखेको उनले बताए । स्वास्थ्य परिक्षणको काम हुँदै छ । 

त्यसैगरी बसबरिया गाउँपालिकामा आइतबार बिहानसम्म ११ जना आएको गाउँपालिका अध्यक्ष रामअयोध्या रायले जानकारी दिएका छन् । आउनेहरु सबै वडा नं. ४ र ५ धनगढा गाउँको रहेको छ । सबैलाई वडा नं. ६ मा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । बिहान आएकाको स्वास्थ्य परीक्षणको काम अहिले हुँदै छ । 

नेपाल आएको देखेपछि सुरक्षाकर्मीले गाउँघरमा जान नदिइ उनीहरुलाई सिधै क्वारेन्टाइनमा लगेर राखेका छन् । समाजलाई जोगाउनका लागि उनीहरुलाई घरपरिवारमा जान नदिइ क्वारेन्टाइनमा पुर्याएको सुरक्षानिकायले जनाएका छन् ।  
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.