धादिङमा कोरोना संक्रमित महिला बसेको गाउँका सबैको पीसीआर नेगेटिभ

धादिङमा कोरोना संक्रमित महिला बसेको गाउँका सबैको पीसीआर नेगेटिभ

धादिङ : धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवा गाउँका ३८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । गत बिहीबार गाउँकी एक महिलालाई कोरोना संक्रमण देखिएपछि उनका घर, माइती छरछिमेक र आसपासका ३६ जना स्थानीयको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो ।

गल्छी प्रहरीले लकडाउन अवधिमा संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरेर माइती पक्षका १८ जना र र घरतर्फका २० जनाको सूची तयार गरेको थियो । उक्त सूची अनुसार वाग्मती प्रदेशका प्रयोगशाला निर्देशक डाक्टर नारायण कार्कीको नेतृत्वमा आएको समूहले ३६ जना स्थानीयहरुको स्वाब पीसीआर परीक्षणमा पठाएको थियो । उनीहरु सबैको नतिजा नेगेटिभ आएको थियो । त्यस्तै सतुंगलमा डेरामा रहेका श्रीमान र छोराको पनि रिपोर्ट नेगेटिभ नै आएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर भुवन पौडेलले बताए । 

उनले भने, ‘कन्ट्रयाक ट्रेसिङबाट संक्रमित महिलाको संसर्गमा देखिएका सवैजनाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ । जसले गर्दा गाउँमा केही त्रास कम भएको छ ।’ यता गल्छीस्थित स्वास्थ्यचौकीमा कार्यरत नर्स र स्वास्थ्यचौकीकै एम्बुलेन्स चालकको आरडीटी रिपोर्ट भने पोजेटिभ आएपछि दुवैको स्वाब पीसीआर परीक्षणको लागि काठमाडौं पठाइएको छ । उनीहरु दुवैजना अहिले गाउँपालिकाको क्वारेन्टिनमा रहेका छन् ।

संक्रमित महिलासँग नजिक रहेकाहरुको रिपोर्ट नेगेटिभ आएपछि गाउँमा स्थानीयहरु खुसी भएका छन् । संक्रमित महिला भेटिएपछि गाउँ आसपास चारकिल्ला तोकेर गाउँ नै सिल गरिएको थियो । नतिजा नेगेटिभ आए पनि गाउँलाई भने अझै केही समय सिल गरेरै राखिने सुरक्षा समितिले जानकारी दिएको छ । गाउँलेको नजिता नेगेभिट आएपछि  डर र त्रास भने कम भएको स्थानीय बताएका छन् ।

पत्रकारको आरडीटी नेगेटिभ

कोरोना भाइरसको संक्रमण सुरु भएयता नियमित फिल्डमा खटिएर काम गरिरहेको धादिङका पत्रकारहरुको आरडीटी परीक्षण नेगेटिभ देखिएको छ । कोरोनाको जोखिम मोलेर दैनिक रिपोर्टिङमा हिंडिरहेका पत्रकारको आरडीटी परीक्षण गराउन पत्रकार महासंघ धादिङ शाखाले आग्रह गरेको थियो ।

नेपाल पत्रकार महासंघ धादिङको समन्वय तथा स्वास्थ्य कार्यलय धादिङको संयोजनमा जिल्ला अस्पताल धादिङवेशीमा गरिएको परीक्षणमा आरडीटी टेष्ट गरिएका २१ जना पत्रकारको रिपोर्ट नेगेटिभ रहेको जिल्ला अस्पताल धादिङले जनाएको छ ।

त्यस्तै सोमबार नै जिल्लामा रही अग्रपङतीमा बसेर काम गरिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पनि आरडीटी परीक्षण गरिने पौडेलले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.