विश्व प्रकाशले भने- सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन लागे


काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको आरोप लगाएका छन्। शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरेपनि बोल्न नदिएको बताए ।

 उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरे । शर्माले सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे।

मिडिया हाउसका सञ्चालनको नागरिकताको विषयमा उठेको विषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुईवटा पारपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे । सभामुखको छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकताको कुरा आए पनि गिरफ्तार नगरिएको उनको भनाइ छ ।

उनले गिरफ्तार नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताए। उनले गिरिबन्धु प्रकरणमा पनि छानविन समिति बनाउन सुझाव दिए। शर्माले गृहमन्त्रीले आरोप लगायतका कांग्रेसका सबै नेता,परिवार लगाएमाथि छानविन गर्न कांग्रेस तयार रहेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.