पाल्पामा ३५ जनाको स्वाब संकलन

पाल्पामा ३५ जनाको स्वाब संकलन

तानसेन : भारतीय भूमीबाट धमाधम नेपाली पाल्पा भित्रिन थालेका छन्।यसरी प्रभावित मुलुकबाट आउने क्रम नरोकिएपछि जिल्लामा कोरोना त्रास बढेको छ। जिल्लामा शंकास्पद व्यक्तिको स्वाब संकलन तथा परीक्षणमा तीव्रता दिइएको छ ।  सोमबार मात्र पाल्पामा ३५ जनाको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको हो ।

तानसेनको क्वारेन्टाइनमा राखिएका भारतबाट हालै नेपाल आएका जिल्लावासी, क्वारेन्टाइनमा सुरक्षा दिँदै आएका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो ।  

अग्रभागमा बसी पाल्पाको मुख्य नाका दोभान खटिएका २० जना सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि नमूना संकलन गरी परीक्षणका लागी भैरहवा पठाइएको छ ।  पाल्पामा यति धेरै मात्रा स्वाबको नमूना संकलन गरिएको पहिलो पटक हो । यसअघि २ महिनाको अवधिमा लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल र मिसन अस्पतालबाट गरी २५ जनाको मात्र स्वाब परीक्षण गरिएको थियो ।

अहिलेसम्म पाल्पामा विभिन्न पालिकाको क्वारेन्टाइनमा बसेका २५८ जनाको आरडीटी परीक्षण गरिएको छ । आरडीटी र पीसीआर किटमार्फत गरिएका परीक्षणको रिपोट भने नेगेटिभ आएको छ।

जिल्लास्थित कोरोना रोकथाम नियन्त्रण समितिको बैठकले जेठ १ गते देखि भारतबाट आएकाहरुको, जिल्लास्थित सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको अनिवार्य स्वाब परीक्षण गर्ने निर्यणअनुसार स्वाब परीक्षणलाई तीव्रता दिएको हो । 

पाल्पा स्वाब परीक्षणमा तीव्रता दिने निर्यणसँगै हालै जिल्लामा १५० वटा स्वाब संकलन किट, ६४० वटा आरडीटी किट प्रदेश ५ सरकारले उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए । 

हाल भारत तथा जिल्ला बाहिरबाट आएका ७८ जना क्वारेन्टाइनमा बस्दै आएका छन । जेठ २ गते बसेको सर्वदलीय सर्वपक्षीय बैठकले भारतबाट नेपाली श्रमिक जिल्ला भित्रिने क्रम सुरु भएकाले कोरोना रोकथामका लागि १२० वटा आइसोलेसन बेड र  ३ हजार वटा वारेन्टाइन वेड निर्माण गर्न पालिकालाई जिम्मेवारी दिइएको छ।

पालिकाले प्रत्येक दिन भारतबाट आउने व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालयमा अपडेट गराउनु पर्ने, लुकिछिपी तथा पैदल आउने व्यक्तिलाई रोक्न पालिकास्तरमा निगरानी समूह खटाउने निर्यण समेत गरेको छ ।  

 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.