३ सय विपन्न परिवारलाई उद्योग वाणिज्य संघको खाद्यान्न सहयोग

३ सय विपन्न परिवारलाई उद्योग वाणिज्य संघको खाद्यान्न सहयोग

मलंगवा :  सर्लाही सदरमुकाम मलंगवाका ३ सय विपन्न परिवारलाई उद्योग वाणिज्य संघ मलंगवाले खाद्यान्न सहयोग गरेको छन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरेपछि दैनिक जीवन कष्टकर बनेका परिवारलाई बुधबार बिहान संघले खाद्यान्न सहयोग गरेका छन् । मलंगवा ८ स्थित रहेको संघको कार्यालयमा बोलाई विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गरिएको हो । 

लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवारको दैनिकी कष्टकर बन्न थालेपछि उद्योग वाणिज्य संघबाट केही विपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको संघका अध्यक्ष बीरेन्द्र साहले जानकारी दिएका छन् । 

३ सय विपन्न परिवारलाई राहत वितरण गरिएको हो । १५ किलो चामल, १ किलो दाल, २ किलो चामल, १ लिटर खानेतेल, नुन, आधा किलो सोयाबिन र मास्क बितरण गरिएको हो । उद्योग धन्दा बन्द भएपछि काम नपाएर त्यत्तिकै घरमा बसेका मजदुर तथा विपन्न परिवारमा खाद्यान्न अभाव भएपछि आफुहरु त्यस्तो परिवारलाई राहत दिएको अध्यक्ष साहले जानकारी दिएका छन् । 

विपन्न मजदुर परिवारलाई यसरी राहत वितरण गरेर संघले निकै राम्रो काम गरेको मलंगवाका युवा व्यापारी सुभास गुप्ताले बताए । यस्तो अवस्थामा व्यापारी पनि मिलेर मजदुरी गरेर परिवार पाल्ने परिवारलाई सहयोग गर्नुपर्ने बेला आएको छ ।
 
यस्तो विषम परिस्थितिमा आएर दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने परिवारलाई राहत वितरण गर्दा केही राहत महसुस भएको मलंगवा ४ का विकाउ साहले बताएका छन् । घरमा खानाका लागि निकै समस्या थियो । १५ किलो चालम पाएपछि केही दिनका लागि खानाको समस्या टरेर गएको छ । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.