नेपाल आउन नपाउँदा भारतीय क्‍वारेन्टाइनमै किरिया

नेपाल आउन नपाउँदा भारतीय क्‍वारेन्टाइनमै किरिया

बैतडी  : भारतीय पक्षले सीमा नाका नखोल्दा बैतडीका ४ जना ८ दिनदेखि भारतीय क्‍वारेन्टाइनमै  किरिया गर्न बाध्य भएका छन्। आफ्ना आफन्तजन गुमाएका ४ जना सीमा नाका नखुल्दा भारतीय भूमीमै किरिया गर्न बाध्य भएका हुन्। भारतीय क्‍वारेन्टाइनमा बस्नेमा २ जना आफ्ना बुवा गुमाएका, १ जना आमा र १ जना श्रीमती गुमाएका रहेका हुन्।

जारी लकडाउनका कारण सुर्नया गाउँपालिका ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्टले अन्तिम पटक आफ्ना बुवाको मुख हेर्ने धोको अधुरै रह्यो। ‘हामीले अन्तिम समयमा बुवाको मुख हेर्न त पाएनौं। तर आफ्नो संस्कार अनुसार किरिया समेत गर्न पाएका छैनौं। भारतीय क्‍वारेन्टाइनमै बसेर किरिया गरिरहेका छौं।’ भारतमा मजदुरी गर्दै आएका राजेन्द्र र तारा सीमा नाका झुलाघाट बन्द हुँदा भारतीय क्‍वारेन्टाइनमै किरिया गर्न बाध्य भएका हुन्।

यस्तै पुर्चौडी नगरपालिका-७ का ठगी साउँदले पनि जारी लकडाउनका कारण आफ्नी जन्म दिने आमाको अन्तिम पटक मुख हेर्ने पाएनन्। यही जेठ १ गते आमाको मृत्युको खबर पाएका ठगीले सीमा नाका बन्द हुँदा घर फर्कन पाएका छैनन्। उनले पनि भारतीय क्‍वारेन्टाइनमै किरिया गरिरहेका छन्। सिगास गाउँपालिका-९ का कृष्ण सिंह धामीकी श्रीमती कलावती धामी गत वैशाख ३० गते बितेकी भएपनि कृष्णले पनि स्वदेश फर्कन पाएका छैनन्। उनीहरु चारै जना राजकीय इन्टरकलेज झुलाघाटको क्‍वारेन्टाइनमै किरिया गरिरहेका भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए। क्‍वारेन्टाइनमा खान बस्नको व्यवस्था स्थानीय प्रशासनले गरेको पत्रकार भट्टको भनाई छ। उक्त क्‍वारेन्टाइनमा हाल ८ जना नेपाली बसिरहेका छन्।

किरियापुत्रीले आफूहरुलाई स्वदेश फिर्ताको लागि सम्बन्धित सबैलाई आग्रह गरेका छन्। उनीहरुलाई स्वदेश ल्याउनका लागि नेपालको स्थानीय प्रशासन तयार भए पनि भारतीय पक्षले नाका नखोलेकाले उनीहरु स्वदेश फर्कन पाएका छैनन्। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले भारतीय क्‍वारेन्टाइनमा किरिया बसेकाहरुलाई स्वदेश फर्काउन पहल भइरहेको बताए। नेपाल सरकारबाट किरियापुत्रीको उद्धारका लागि आदेश आएको भएपनि भारतीय पक्षले ढिलाई गरिरहेको छ। यसअघि लकडाउनमा ३ पटक झुलाघाट नाका खोलिएको भए पनि अहिले नाका खोल्न भारतीय पक्षले मानेको छैन्। उनले भने ‘ भारतको पिथौरागढ जिल्लाको डीएम कार्यालयलाई किरियापुत्रीको उद्धारको लागि ७ दिन अगाडी नै पत्र काटिसकेका भएपनि माथिबाट आदेश नदिएको भन्दै सीमा खोल्न मानेको छैन्।’

पिथौरागढको डीएम कार्यालयबाट त्यस्तो जवाफ आएपछि नेपाल सरकारबाट कुटनीतिक पहल गरि उनीहरुलाई स्वदेश भित्र्याउन पहल थालेको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई पत्र काटिसकेको र परराष्ट्रमन्त्रालयका साथै सरकारका तर्फबाट कुटनितिक पहल गरेर उनीहरुलाई स्वदेश ल्याउने प्रयास भईरहेको उनले बताए।

यसअघि गत वैशाख १० गतेपनि बैतडीका ३ किरियापुत्रीलाई झुलाघाट नाकाबाट स्वदेश भित्र्याइएको थियो। गत वैशाख १८ गते र चैत १४ गते गरि दुईपटक १ हजार बढी नेपालीलाई झुलाघाट नाकाबाटै उद्धार गरि ल्याइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.