पिसिआर जाँच नहुँदा पर्सामा ५ दिन यता नयाँ संक्रमित भेटिएनन्

पिसिआर जाँच नहुँदा पर्सामा ५ दिन यता नयाँ संक्रमित भेटिएनन्

वीरगन्ज : पिसिआर परीक्षण प्रभावित हुँदा पर्सा जिल्लामा ५ दिन यता थप नयाँ संक्रमित  भेटिएका छैनन् । एक सातादेखि पिसिआर परीक्षण कार्य प्रभावित हुँदा जेठ ३ पछि नयाँ संक्रमित  नथपिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले बताए । 

पर्सा जिल्लामा पहिलो पटक चैत २९ गते ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमण भेटिएको थियो । त्यसयता बैशाख १४ गते २, बैशाख १५ , बैशाख १७,  बैशाख २१ मा १-१ जना, बैशाख २४ मा १७,  बैशाख ३० मा ५७, बैशाख ३१ मा ३, जेठ २ मा ४ र जेठ ३ मा २ जना संक्रमित  भेटिएका थिए । 

भिटिएम किट, प्रयाप्त मात्रामा नहुँदा शंकास्पद व्याक्तिको स्वाब संकलन गरी पिसिआर परीक्षण हुन नसकेका कारण जिल्लमा जेठ ३ गते यता नयाँ संक्रमित  नथपिएको ठाकुरको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार भिटिएम किटको कमीले पर्सामा गत सोमबार र मङ्गलबार २ दिन स्वाब संकलन कार्य नै रोकिएको थियो ।

तर मङ्गलबार बेलुकी स्वास्थ्य मन्त्रालयले पर्सामा १ हजार थान भिटिएम पठाइदिएपछि बुधबारदेखि भने फेरि स्वाब संकलन कार्य सुरु गरिएको छ । 

नया संक्रमित  भेटिएन भनेर ढुक्क हुने अवस्था छैन

अहिलेसम्म भेटिएका ९१ संक्रमितको कन्टयाक्ट ट्रेसिङमा उनीहरुको सम्पर्कमा रहेको पहिचान गरिएका सबै व्याक्तिको किट अभावका कारणले स्वाब संकलन हुन नसकेको ठाकुरले बताए । उनले भने, ‘यदि ती सबैको परीक्षण भएको भए अहिलेसम्म थप धेरै पोजेटिभ केश आइ सक्थ्यो होला त्यसैले ५ दिन यता नयाँ केश देखिएन भनेर ढुक्क हुन सक्ने अवस्था छैन । पछिल्लो पटक प्रयोगशालामा पठाइएको स्वाबको रिपोर्ट सम्भवत शुक्रबार वा शनिबारदेखि आउन सुरु हुन्छ', ठाकुरले भने,‘रिपोर्ट आउन थालेपछि नयाँ संक्रमित  थपिने सम्भावना बढी नै छ  ।' 
 
 ५९७ जनाको रिपोर्ट आउन बाँकी  
 
मङ्गलबार बेलुकी स्वास्थ्य मन्त्रालयबाट १ हजार भिटिएम आएपछि बुधबार पर्सामा २ सय २१ जनाको स्वाब संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरका अनुसार बुधबार छिपहरमाई गाँउपालिकामा ९६ , सखुवा प्रसौनी गाँउपालिकामा ५३ र वीरगन्जको नारायणी अस्पतालमा ७२ जनाको स्वाब संकलन गरिएको छ । 
 
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पर्सा जिल्लामा अहिलेसम्म (बधुबारसम्म) पिसिआर परीक्षणका लागि २ हजार ५ सय ३९ जनाको स्वाब संकलन गरिएको छ । जसमध्ये एक हजार ९ सय ४२ जनाको रिपोर्ट आइसकेको छ भने ५ सय ९७ जनाको रिपोर्ट आउन बाँकी छ ।

नारायणी अस्पतालमा गत बैशाख २३ गतेदेखि पिसिआर परीक्षण ल्याब संचालनमा आइसकेको छ । जिल्लामा संकलित स्वाब सुरुमा नारायणी अस्पतालकै ल्याबमा परीक्षण गरिन्छ । त्यसपछि उक्त स्वाब रुजुका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको छ । काठमाडौंको प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्रै सार्वजनिक गर्ने गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.