स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोक्ने दुई पक्राउ
डडेल्धुरा : स्वास्थ्यकर्मीको नक्कली परिचयपत्र बोकेर हिँड्ने दुई युवा पक्राउ परेका छन्। धनगढीबाट अछाम जान लागेका दुई युवालाई डडेल्धुराको स्याउले बजारमा पक्राउ गरिएको हो। लकडाउनको समयमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले अछाम चौरपाटी-१ का चन्द्रबहादुर साउद र अछाम सिउडी बस्ने जितबहादुर साउँदलाई पक्राउ गरेको डडेल्धुरा प्रहरिले जनायो।
‘उनीहरुले अर्कै स्वास्थ्यकर्मीको कार्ड बोकेको भेटिएपछि पक्राउ गरिएको हो’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेका दुवैलाई संक्रमण ऐन अनुसार कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा बुझाएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए।
प्रतिक्रिया दिनुहोस !