२२ नेपाली र ९ पर्यटक जापान जान काठमाडौंमा

२२ नेपाली र ९ पर्यटक जापान जान काठमाडौंमा

पोखरा : महंगो चार्टड विमानका कारण पोखरामै रहेका जापानी पर्यटक तीन महिना नेपाल बसाईपछि केही सस्तो चार्टड विमानको टिकट पाएपछि घर फर्कन शुक्रबार पोखराबाट काठमाडौं गएका छन्। जापानमा ओकिङ भिसा भएका, स्टुडेण्ट भिसा भएका र डिपेण्डेन भिसा भएका नेपाली पनि शुक्रबार राति ९ बजे काठमाडौंबाट जापानको टोकियोस्थित नारिता विमानस्थलका लागि उडान हुने नेपाल एयरको चार्टड प्लेनबाट जापान जान शुक्रवार बिहान पर्यटक बसमा काठमाडौं गएका हुन्।

अंग्रेजी महिनाको ११ अप्रिल शुक्रबार चार्टड प्लेनबाट नेपालमा रहेका मध्ये २ सय जापानी नागरिक घर फर्कँदा पोखराबाट ६ जना जापानी नागरिक घर फर्कन काठमाडौं गएका थिए। त्यसपछि पनि बेलाबेलामा चार्टड प्लेन काठमाडौंबाट जापानका बिभिन्न सहरमा उडान भए पनि महंगो भाडाका कारण आफु जान नसकेको अवस्थमा तुलनात्मक रुपमा केही सस्तो टिकट पाए पछि घर फर्कन काठमाडौं जान लागेको ३१ वर्षीय जापानी पर्यटक चिहिरो हारानागाले बताए।

समान्य अवस्थामा सस्तोमा ६० हजार सम्ममा जापान-नेपाल आउजाउँ गर्न प्लेन टिकट पाइने भएपनि कोरोना कहरका कारण अन्तर्राष्ट्रिय उडान नहुँदा चार्टड प्लेनको एकतर्फी भाडा नै यति महंगा भएकोले सामान्य आर्थिक अवस्था भएका पर्यटकलाई मर्का परेको उनले सुनाए। अप्रिलमा चार्टड प्लेनको प्रति व्यक्ति टिकट २ हजार थियो। अहिले प्रति व्यक्ति टिकट केही सस्तो भएर १३ सय डलर भएकोले यस्तो जटील अवस्थमा परिवारसँग बस्न महंगा टिकट भए पनि पैसाको जोहो गरेर घर फर्कने निणर्य गरेको उनले सुनाए।

हारानागा गत ४ वर्षदेखि नियमित पोखरा घुम्न आउजाउ गरिरहेको बताए। यहाँबाट देखिने हिमाल, तालतलैया र नेपालीहरुको आतिथ्य सत्कारले नेपाल आइरहने गरेको उनले सुनाए। लकडाउनको कारण पोखरामा अलपत्र परेका जापानिज पर्यटकका लागि समस्या परेको अवस्थामा सहयोग गर्न हालै गठन भएको पोखरा जापान फ्रेण्डसीप फोरमका संयोजक डा. सुन्दर पौडेलले जापान फर्कन लागेका जापानी पर्यटकलाई बिदाई गरेका थिए। पोखरामा २२ जना जापानी पर्यटक रहेकोमा शुक्रबार ९ जना जापान जान पोखराबाट काठमाडौं गएको  लामो समय जापानमा बसेर अध्ययन र व्यापार गर्दै आएका डा पौडेलले जानकारी दिए।

पोखराको फेवाताल किनारमा भेटिएका ६१ वर्षीय सेले चार्टड प्लेनको भाडा अझै पनि महंगो भएकोले आफु घर फर्कन नसकेको बताए। नियमित उडान भन्दा तेब्बर बढी भाडा भएकोले आफु त्यती धेरै भाडा तिरेर जान नसकेको उनले सुनाए। अझै पनि जापानीलगायत विभिन्न देशका पर्यटक आआफ्ना देशका राजदूतावासको समन्वयमा मिलाइका चार्टड प्लेनको भाडा महंगो भएकाले घर फर्कन नपाएको बताएका छन्।

पोखरामा अझै पनि बिभिन्न देशका ३ सय ४५ देखि ३ सय ५० पर्यटक रहेको पर्यटक प्रहरी कार्यालय पोखराका प्रमुख गणेश खनालले जानकारी दिए। पर्यटक प्रहरी कार्यालय पोखराले पोखरामा रहेका पर्यटकको तथ्याङ्क राख्ने र उनिहरुको अवस्था बुझने काम अहिले पनि भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.