संयुक्त राष्ट्रसंघ भन्छ : महामारीमा साइबर क्राइम बढ्दैछ

संयुक्त राष्ट्रसंघ भन्छ : महामारीमा साइबर क्राइम बढ्दैछ

जेनेभा : संयुक्तराष्ट्रसंघीय निशस्त्रीकरण प्रमुखले कोभिड १९ महामारीले विश्वलाई प्राविधिक आविष्कार र अनलाइन सहकार्यतर्फ लगे पनि साइबर क्राइम बढ्दो रुपमा रहेको बताएकी छन् ।

वर्तमान संकटको अवधिमा द्वेषपूर्ण इमेलको प्रयोगमा ६०० प्रतिशतका दरले बढेको उनको भनाइ छ । राष्ट्रसंघीय निशस्त्रीकरण विभागकी प्रमुख इजुमी नाकामित्सुले शुक्रबार सुरक्षा परिषदको बैठकमा यस्तो बताएकी हुन् ।

‘विश्वव्यापी रुपमा स्वास्थ्य संगठनहरु र मेडिकल रिसर्च संस्थाहरुमाथि आक्रमण भएका चिन्ताजनक रिपोर्टहरु आइरहेका छन्,’ इजुमीले बताएकी छन् । साथै बढ्दो डिजिटल निर्भरताले पनि साइबर आक्रमणको जोखिम बढाएको उनको भनाइ छ । इजुमीका अनुसार प्रत्येक ३९ सेकेन्डमा एक साइबर आक्रमण हुन्छ । अन्तर्राष्ट्रिय दुरसञ्चार संघका अनुसार झण्डै ९० देशहरु साइबर सुरक्षाप्रति प्रतिबद्धताको प्रारम्भिक चरणमै रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.