सर्लाहीका कोरोना संक्रमितलाई मलंगवाको आइसोलेसन वार्डमा राखियो

सर्लाहीका कोरोना संक्रमितलाई मलंगवाको आइसोलेसन वार्डमा राखियो

मलंगवा : सर्लाहीको दक्षिण-पश्चिम क्षेत्रमा रहेको गोडैता नगरपालिकाका कोरोना भाइरस (कोभिड-१९) का संक्रमितलाई सदरमुकाम मलंगवामा बनाइएको आइसोलेसन वार्डमा ल्याएर राखिएको छ । शनिबार फेला परेका १२ जना संक्रमितलाई जिल्लामा बनाइएको आइसोलेसन वार्डमा ल्याएर उपचार भइरहेको छ। 

मलंगवा २ मा रहेको सन्त अल्पमाई रामनारायण यादव नर्सिङ कलेजमा बनाइएको आइसोलेसन वार्डमा संक्रमितलाई शनिबार राती नै ल्याएर उपचार सुरु गरिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् ।

प्रादेश अस्पताल जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ठाउँ अभाव भएपछि जिल्लामा नै आइसोलेसन वार्ड बनाएर संक्रमितलाई राखिएको हो ।  उक्त वार्ड प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको सर्लाही जिल्ला अस्पतालले व्यवस्थान गर्ने गरी संचालन गरिने भएको छ ।

लालबन्दीको नवलपुरस्थित रणशेर गणका सेना र स्वास्थ्यकर्मीको सहयोगमा वार्डको निर्माण गरिएको हो। संक्रमणको पहिलो चरणका लक्षण देखिनेलाई यहाँ राखेर उपचार गरिने व्यवस्था गरिएको हो ।

गम्भीर प्रकृतिका लक्षण देखिने बिरामीलाई भने बाहिर नै पठाउने प्रजिअ जिसीले बताए। अहिल ५० वेडको वार्ड बनाइएको छ ।  आवश्यक परे थप पनि गर्न सकिने प्रजिअले बताए ।उनका अनुसार भवन ठूलो छ । संक्रमितको संख्या अनुसार बढाउन पनि सकिन्छ । छात्राबास भवनमा वार्डको निर्माण गरेका छौं । विद्यार्थीहरु घर गएकाले उनीहरुको सामानलाई प्रशासनिक भवनमा सारेर छात्राबासमा वार्डको निर्माण गएिको हो । 

अहिलेसम्म जिल्लामा संक्रमितको संख्या ३३ पुगेको छ। तथापी ३२ जनाको पहिचान अहिलेसम्म मात्र भएको छ । गोडैता नै ठेगाना भनिएका एकजनाको पहिचान हुन बाँकी रहेको छ । बाहिर नै भएकाले उनको पहिचान हुन सकेको छैन् । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.