बैतडीका कोरोना संक्रमित युवाको सम्पर्कमा रहेका थप २२ जनाको स्वाब संकलन

बैतडीका कोरोना संक्रमित युवाको सम्पर्कमा रहेका थप २२ जनाको स्वाब संकलन

बैतडी : बैतडीका कोरोना संक्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका थप २२ जनाको थ्रोट स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी पठाइएको छ । जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यान मुद्दाको आरोपमा थुनामा रहेका शिवनाथ गाउँपालिका २ का २२ वर्षीय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रहरी हिरासतमै रहेका युवकमा कोरोना संक्रमण पुष्टि भएपछि ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका थप २२ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

शिवनाथ गाउँपालिकामा रहेका प्रहरी, स्वास्थ्यकर्मी र आफन्तको स्वाब संकलन गरेर पठाइएको कार्यालय प्रमुख भट्टले बताए । यसअघि शनिबार पनि ३२ प्रहरीसहित ४६ जनाको थ्रोट स्वाब संकलन गरेर धनगढी पठाइएको थियो ।यद्यपि रिपोट भने आउन बाँकी छ।

थुनामा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर उनको प्रत्यक्ष सम्पर्कमा आएका थप व्यक्तिको स्वाब संकलन गरिएको हो । ती युवक वैशाख १५ गतेदेखि प्रहरीको हिरासतमा रहेकाले प्रहरीको स्वाब संकलन गरिएको हो भने बयानका लागि अदालतमा पनि गएकाले अदालतका कर्मचारीको पनि स्वाब संकलन गरिएको हो । चैत ६ गते स्वदेश फर्किएका उनी केही दिन गाउँमा रहेकाले शिवनाथमा पनि स्वाब संकलन गरिएको हो । 

यसैबीच शनिबार कोरोना पुष्टि भएका बैतडीका ४ युवकको सम्पर्कमा रहेका व्यक्तिको स्वाब संकलनका लागि भीटीएमको अभाव रहेको छ ।  सेती प्रादेशिक अस्पतालमा उपचारमा रहेका ती व्यक्तिको प्रत्यक्ष सम्पर्कमा ४ सय बढी मानिस छन् । उनीहरु गौरीफान्टा नाकाबाट स्वदेश भित्रिएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.