कपिलवस्तुमा स्टाफ नर्ससहित ११ जना कोरोना संक्रमित डिस्चार्ज

कपिलवस्तुमा स्टाफ नर्ससहित ११ जना कोरोना संक्रमित डिस्चार्ज

कपिलवस्तु : कोरोना संक्रमण फैलिएका बेला मुलुकमै पहिलो पटक कोरोना संक्रमण पुष्टि भएकी स्टाफ नर्ससहित ११ जना कोरोनालाई जितेर घर फर्केका छन् ।  कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स सोमबार घर फर्केकी छन् भने बाँकी १० जना आइतबार राती कोरोना अस्पताल बुटवलबाट घर फर्केका छन् । 

कपिलवस्तु अस्पताल तौलिहवाको आइसोलेसन वार्डमा १४ दिन बसेर कोरोना परीक्षणमा नेगेटिभ रिर्पोट आएपछि स्टाफ नर्स आज घर फर्केकी हुन् । उनको जेठ १ गते र ४ गते गरिएको स्वाबको आरटी पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएपछि उनलाई घर फर्काइएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए । 

थप केही दिन घरमै क्वारेन्टिनमा रहने गरी अस्पतालको आइसोलेसन वार्डबाट उनलाई विदाइ गरिएको हो। कोरोना फोकल पर्सन थापाले भने, 'यसैगरी जिल्लाबाट कोरोना संक्रमित भइ कोरोना अस्पताल बुटवलमा उपचाररत रहेका १० जना सर्वसाधारण पनि हिजो राती नै कोरोना जितेर घर फर्किएका छन् ।'

आइसोलेसन वार्डमा रहँदासम्म आफूले कुनै प्रकारको औषधि सेवन गर्न नपरेको संक्रमित स्टाफ नर्सले बताइन् । घर फर्किएकी उनले आफू कोरोना जितेर आएको बताउँदै घर परिवारसँग आफ्ना अनुभव आदान प्रदान गरिरहेकी छिन् । 

आइसोलेसन वार्डमा रहँदासम्म आफूमा कुनै स्वास्थ्य समस्या नआएको पनि उनले बताइन् । कोरोनासँग लड्न उच्च मनोबल चाहिन्छ, उनले भनिन्,, 'शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउनु होस्, हौसला बुलन्द राख्नुस्, कोरोनाले केही गर्न सक्दैन ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.