जनकपुरबाट भागेका कोरोना संक्रमितलाई जिल्लाकै आइसोलेसनमा राखियो

जनकपुरबाट भागेका कोरोना संक्रमितलाई जिल्लाकै आइसोलेसनमा राखियो

मलंगवा : जनकपुरस्थित प्रादेशिक कोरोना विशेष अस्पतालको आइसोलेसनबाट भागेका सर्लाहीका ४५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकालाई जनकपुरमा लिन नमानेपछि जिल्लामै राखिएको छ । 

आइतबार बिहान आइसोलेसनबाट भागेका उनी आफ्नो घर हरिपूर्वा नगरपालिका ३ धनकौलमा सोमबार बेलुका आइपुगेका थिए । घर आएपछि प्रहरीले उनलाई पक्राउ गरि फेरी जनकपुर लगेका थिए । तर, प्रादेशिक कोरोना विशेष अस्पतालले लिन नमानेपछि उनलाई सर्लाही सदरमुकाम मलंगवामा २ सन्त अल्पमाई सत्यनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको कोरोना विशेष आइसोलेसन वार्डमा राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । 

दुई दिन लगाएर उनी पैदल घर आएका थिए । घर आएको थाहा पाएपछि सुरक्षाकर्मीले उनलाई एम्बुलेन्समा हालेर जनकपुर लगेको थियो ।  मानसिक सन्तुलन ठिक नभएकाले उनलाई एम्बुलेन्समा चढाउन पनि समस्या भएको थियो । निकै बेर ललाईफकाई गरेपछि उनी एम्बुलेन्समा चढेका थिए । 

तर, जनकपुरमा लिन नमानेपछि उनलाई सोमबार रातीनै सर्लाही ल्याइ आइसोलेसन वार्डमा राखेको प्रजिअ जिसीले बताए । 'मानसिक सन्तुलन ठिक नभएकाले उनलाई छुट्टै कोठमा राखेका छौं, उनले भने,' जनकपुरको आइसोलेसन वार्डका झ्याल फोडेर आइतबार राती फरार भएका थिए ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.