रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

रौतहट : रौतहटमा शुक्रबार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसहित कोरोना संक्रमितको संख्या जिल्लामा  १ सय ८१ पुगेको छ । शुक्रबार संक्रमण पुष्टि भएका सबै भारतका विभिन्न सहरबाट केहि दिनअघि घर आएका रहेका छन् । शुक्रबार फेला परेका राजपुर नगरपालिकाका ३३ जना,  इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६ तथा वौद्धिमाइ नगरपालिकाका २ जना रहेका रौतहटका सिडिओ बासुदेव घिमिरेले जनाएका छन्।

संक्रमित पुष्टि भएका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको तथा संक्रमितलाई गरुडा नगरपालिकास्थित प्रहरी स्कुलमा रहेको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिडिओ घिमिरेले बताए ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबार दिउँसोसम्म जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेनटाइनमा ६ हजार ४ सय ३९ जना रहेका छन् ।  जसमध्ये ६ हजार १ सय ३३ पुरुष र ३ सय ६ महिला छन् । ६ सय १३ जनाको पीसीआर रिपोर्ट आउन बाँकी रहेको छ ।

स्थानीय प्रशासनले क्वारेन्टाइन क्षेत्रमा स्थानीयको आवजावत बढेपछि सो क्षेत्रको २ सय मिटर वरपर निषेधाज्ञा जारी गरेको छ ।यस्तै केही दिनअघि राजपुर र इशनाथ नपामा पनि निषेधाज्ञा जारी गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.