सीमामा आमालाई सकस (फोटो फिचर)

सीमामा आमालाई सकस (फोटो फिचर)

धनगढी : भारतबाट फर्किरहेका नेपालीमा सबैभन्दा बढी सकस आमालाई हुने गरेको छ। लामो समयदेखि श्रीमानसँगै भारतमा बसिरहेका महिला कोरोनाका कारण अहिले लालाबाला बोकेर घर फर्किरहेका छन्। 

सीमामा महिलाको छुट्टै तथ्यांक नराखिए पनि भारतबाट फर्केका मध्ये ३० प्रतिशतको हाराहारीमा महिला रहेका छन। कामका लागि भारतमा जाने सुदूरपश्चिमका युवा गाउँघरमा कामको समयबाहेक श्रीमती र बच्चासमेत लगेर जाने गर्छन्।

आफूले पनि काम गर्ने र आफूले काम गर्ने कम्पनी वा टोलमा महिलालाई सरसफाईमा लगाउने गरिएको छ। ‘श्रीमती लगेमा, बस्न र खानेसम्मको कमाई श्रीमतीले गर्छिन, आफ्नो तलब चोखै बच्छ, घरमा काम नभएका बेला जान्छौँ', डोटीका दिलिप नेपालीले भने।उनले भारतमा फर्किदा धेरै दुख पाएको बताए। ‘महिलाहरु दुई/तीन बच्चा बोकेर हैरान भएका छन्। सामान एक क्विन्टल बोक्न सकिन्छ तर बच्चा बोक्न जस्तो गाह्रो त केही हुदैन’, उनले भने।

तराईमा अहिले ४०/४२ डिग्रीको गर्मी छ। भारतको मुम्बई, बेंगलोर जस्ता सहरबाट गौरीफन्टा पुग्न तीन दिन लाग्छ। ‘तीन दिनसम्म बच्चाका लागि बाटोमा दूध पाएन, रोएर हैरान बनायो, बच्चा पनि कमजोर भइहाल्यो, आमाको दूधले मात्रै पुग्दैन’, विकले भने।

गौरीफन्टा नाकामा बच्चा बोकेका महिलालाई लाइन बीना नै आउन दिए पनि, भीडभाड र गर्मीका कारण उनीहरु हैरान देखिन्थे। ‘भारतको बैंगलोरमा तीन वर्ष भयो काम गर्न थालेको, कोरोनाका कारण आउनु पर्यो, तीन/तीन बच्चा छन्’, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाकी निर्मला भण्डारीले भनिन्, ‘बच्चाले हैरान बनाए। खाना पनि पाइएन।’

गौरीफन्टा बोर्डरमा उनीहरुका विभिन्न संघसंस्थाले खाना र पानीको व्यवस्थापन गरेका छन्।

 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.