कोरियामा नेपाली महिलाको मृत्यु

कोरियामा नेपाली महिलाको मृत्यु

सउल : कास्कीको पोखरा घर भई हाल दक्षिण कोरियामा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी सबी भण्डारीको हृदयाघातका कारण बिहीबार मृत्यु भएको छ। भण्डारीले १० वर्षअघि कोरिया आएर छुङ्जु शहरमा आफ्ना श्रीमान्का साथ पोखरेली भारतीय नेपाली रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी थिइन्।

घटनाबारे सउलस्थित नेपाली राजदूतावासमा जानकारी आए पनि औपचारिक रुपम थाहा भइनसकेको श्रमसहचारी डिल्लीराम बाँस्तोलाले बताए। केही दिनयता कोरियामा नेपालीको मृत्यु हुने क्रम लगातार जस्तै देखिएको छ। गत सोमबार मात्रै धादिङकी मैती तामाङको आफ्नो कार्यस्थलमा एक तलामाथिबाट लडेर उपचारका क्रममा मृत्यु भएको थियो। 
त्यस्तै दुई साता अगाडि स्याङ्जाका खड्गबहादुर थापा सुतेकै अवस्थामा मृत फेला परेका थिए। थापाको शव नेपाल लाने अवस्था नभएपछि गत आइतबार कोरियामै अन्तिम संस्कार गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.