अन्धविश्वास : कोरोना भगाउन मधेसका महिलाले गरेर पुजापाठ
वीरगन्ज : सोमबार मधेसका शहर गाँउ चारैतिर महिलाहरुले कोरोना महामारी भगाउन भन्दै घर बाहिरको खाली पर्ति जग्गामा भेला भएर पूजापाठ गरे। आइतबार सामाजिक सन्जालमा एउटा भिडियो भाइरल भएको थियो । उक्त भिडियोमा एक महिलाले घाँस चरिरहेको एउटा गाई एकाएक महिलाको रुप धारण गरेर म कोरोना माता हुँ , मलाइ पूजा गरे छिट्टै कोरोना रोग भाग्ने बताएको उल्लेख छ ।
त्यही भाइरल भएको भिडियोका कारण अन्धविश्वासमा परेर महिलाहरुले सोमबार बिहानै नुहाइ–धुवाइ गरी घर नजिकको खाली पर्ति जग्गामा भेला भएर फूल, ल्वाङ र लड्डु चढाएर कोरोना मातालाइ भन्दै पूजापाठ गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस !