सुदूरपश्‍चिम प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि

सुदूरपश्‍चिम प्रदेशमा थप २७ जनामा कोरोना पुष्टि

धनगढी: सुदूरपश्चिममा मंगलबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेत र धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

धनगढी कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ । धनगढीमा गरिएको परीक्षणमा कैलालीका १० र कञ्चनपुरका ८ जनामा कोरोना पुष्टि भएको हो । कैलालीको टीकापुर नगरपालिकाको कर्णाली मावि क्वारेन्टिमा रहेका २०, ३५ र ६३ वर्षीय पुरुष र १८ वर्षीय युवतीमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पातलले जनाएको छ । 

धनगढी उप-महानगरपालिका ३ को त्रिभुवन माविको क्वारेन्टाइनमा रहेका ३२ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाको कालिका माविको क्वारेन्टाइमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। 

कञ्चनपुरको पुनरवास नगरपालिकाका ३३, ३५, ३६ र ५२ वर्षीय पुरुष, लालझाडी गाउँपालिकाका ३३ वर्षीय पुरुष, कञ्चनपुरको आइविआरडीमा रहेको क्वारेन्टाइनमा रहेका २८ र ३० वर्षीय पुरुष र महाकाली अस्पतालमा रहेका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । 

सुर्खेतमा गरिएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिलासहित ८ जना र मंगलसैन नगरपालिकाका एक जना गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

अछाम जिल्लाकै चौरपाटी गाउँपालिकाका एकजनामा सोमबार साँझ मात्रै सुर्खेतमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो ।सुदूरपश्चिमका ७३ जना संक्रमितमध्ये ७१ जना प्रदेशभित्रै रहेका छन् भने एक जना बझाङ र एकजना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भइरहेको छ । 

एकजना संक्रमितको मृत्यु भइसकेको छ भने ७ जना प्रदेशभित्रबाटै डिस्चार्ज भइसकेका छन् । प्रदेशमा सबैभन्दा बढी कैलालीका ३३ जना, अछामका १३, कञ्चनपुरमा १०, बैतडीका ६, डोटीका पाँच, बाजुराका तीन, डडेल्धुरा, बझाङ र दार्चुलाका एक-एक जनामा कोरोना पुष्टि भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.