पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज : पर्सा जिल्लामा बुधबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार पर्साको कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ र सखुवा प्रसौनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ गरी ६ जनामा संक्रमण भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए । 
ती सबैजना भारतबाट गा‍उँ आएका हुन्।

कालीकामाइ गाउँपालिकाका ५ का १४ वर्षीय बालक, वडा नम्बर १ का ४२ वर्षीय पुरुष, वडा नम्बर २ का ४५ र ३० वर्षीय गरी ४ जना पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु चारैजना भारतबाट ८ दिन पहिले गाउँ फर्किएपछि गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।  कालीकामाइ गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका २० जनाको गत आइतबार स्वाब वीरगन्जको नारायणी अस्पतालको प्रयोगशालामा पठाएको थियो।

ती मध्ये बुधबार  ४ जनाको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य संख्या प्रमुख यागेन्द्र प्रसाद चौरसीयाले जानकारी दिए।  बुधबार नै सखुवा प्रसौनी गाउँपालिकाको देउरवानास्थित क्वारेन्टाइनमा राखिएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । सखुवा प्रसौनी गाउँपालिका २ का २५ र ४९ वर्षा २ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत ठाकुरले जानकारी दिए ।

भारतको बनारस र लुधियानबाट जेठ १४ गते गाउँ फर्किएका ती दुवैजनालाई त्यहि दिनदेखि देउरवानाको क्वारेन्टाइनमा राखिएको थियो । गा‍उँपालिकाको २ वटा क्वरेन्टाइनमा रहेका ४५ जनाको स्वाब संकलन गरी जेठ १९ गते नारायणी अस्पतालको प्रयोगशालमा पठाइएको थियो । 

ती मध्ये बुधबार २ जनाको रिपोर्ट पोजिटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेश रौनीयारले जानकारी दिए । बुधबार संक्रमण पुष्टि भएका ६ जना संक्रमितलाई वीरगन्जको गण्डकस्थित विशेष कोरोना अस्थायी अस्पतालमा ल्याइएको छ ।

यसअघि मङगलबार बेलुकी पनि पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ झौवा गुठीका ३४ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको थियो । उनी पनि भारतको हरियाणाबाट केही दिनअघि गाउँ आएका थिए।उनलाई झौवागुठीस्थित रामप्रितराम स्वरुप चौरसिया माविको क्वारेन्टाइनमा राखिएको थियो ।

पर्सा जिल्लामा संक्रमितको संख्या १ सय १२ पुगेको छ । ती मध्ये ९७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भइ घर फर्किसकेका छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.