सरकारको विरोधमा कपडा फुकालेर सत्तारुढ दलकै नेता कार्यकर्ता

सरकारको विरोधमा कपडा फुकालेर सत्तारुढ दलकै नेता कार्यकर्ता

वीरगन्ज : लकडाउनमा सरकारले कर तिर्न ताकेता गरेपछि त्यसको विरोधमा वीरगन्जमा सत्तारुढ दलकै युवा नेता कार्यकर्ताले शरीरमा लगाएको कपडा फुकालेर प्रदर्शन गरेका छन्।

बुधबार साँझ घण्टाघरमा नेकपाको वीरगन्ज महानगर कमिटी अध्यक्ष रहबर अन्सारीको नेतृत्वमा सरकारको विरोधमा  प्रदर्शन गरिएको हो। प्रदर्शनमा वीरगन्जका व्यापारी र पसले पनि सहभागी थिए। 

सरकारलाई कर तिर्न उद्योगी व्यपारीसँग केहि पनि बाँकी नरहेकोले कपडा फुकालेर त्यही कपडा करका रुपमा सरकारले लिओस् भनेर प्रदर्शन गरिएको प्रदर्शनकारीको  भनाइ छ। 

लकडाउनले महिनौदेखि व्यपार व्यवसाय ठप्प रहको बेला सरकारले राहतको प्याकेज दिनु पर्नेमा उल्टै करका लागि ताकेता गरेकाले विरोधमा प्रदर्शन गरिएको नेता अन्सारीले बताए।

सरकारलाई कर तिर्न उद्योगी व्यपारीसँग केही पनि बाँकी नरहेकाले कपडा नै करका रुपमा सरकारलाई सांकेतिक रुपमा बुझाएर प्रदर्शन गरिएको अन्सारीले बताए। 
लकडाउन थप्दै जाने सरकारको रवैयाले जनता भोकै मर्नु पर्ने अवस्था आइसकेको भन्दै अन्सारीले त्यसैमा करका लागि ताकेता गर्दै दिन तोक्ने अर्थमन्त्रीको नीति पनि अदूरदर्शी देखिएको टिप्पणी गरे।  

लकडाउनले नीजि क्षेत्र धराशायी भएकाले सरकारले लकडाउनमा उद्योगी व्यपारीका लागि कर मिनाहा गर्नु पर्ने माग आफ्नो रहेको अन्सारीले बताए। यसका साथै नीति क्षेत्र र त्यहा संलग्न मजदुरका लागि सरकारले विशेष राहतको प्याकेज घोषणा गर्नु पर्ने पनि उनले बताए।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.