सरकारको विरोधमा प्रदर्शन : अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला दहन

सरकारको विरोधमा प्रदर्शन : अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला दहन

वीरगन्ज : वीरगन्जमा बिहीबार नेपाल विधार्थी संघले अर्थमन्त्री र मुख्यमन्त्रीको पुतला जलाएर संघीय र प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेको छ । लकडाउनले जनता भोकभोकै बस्नु पर्ने अवस्था आइसक्दा पनि सरकार भने राहत दिनुको सट्टा कर असुल्नमा मात्रै व्यस्त भएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो ।

वीरगन्जको घण्टाघर चोकमा भेला भएका विधार्थी नेता कार्यकर्ताले अर्थमन्त्री डाक्टर युवराज खतिवडा र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको पुतला जलाएका हुन् । त्यसपछि दुवै तहको सरकार र मन्त्रीविरुद्ध नाराबाजी गर्दै आदर्शनगरमा पुगेका उनीहरुले कोणसभा पनि गरेका थिए । लकडाउनमा जनतालाई राहत दिनुको सट्टा सरकारले उल्टै कर असुल्ने ताकेता गरेर आहत दिएकोले प्रदर्शन गरिएको नेविसंघ पर्साका नेता विकास तिवारीले बताए । 
 

'प्रदेश सरकार त महिनौं दिनदेखि सुतेर बसेको छ, उसलाई आफ्ना जनताको कुनै मतलब नै छैन',  तिवारीले भने ,‘संघीय सरकार पनि राहत दिनुको सट्टा कर असुल्ने नीतिमा मात्रै लागेको छ, जनता कसरी बाचेका छन् चासो छैन । कर मात्रै चाहिएको छ।' 

लकडाउनले व्यपार व्यवसाय लगायत सबै क्षेत्र ठप्प रहेकाले अहिले कर तिर्न सक्ने अवस्थामा कोही पनि नरहेको उनले बताए । लकडाउन अवधिको सबै कर मिनाह गर्नु पर्ने माग आफूहरुको रहेको उनले बताए । यदि तिर्नै पर्ने हो भने कर तिर्ने अवधि असार १५ बाट बढाएर साउनसम्म तोकिनु पर्ने उनको भनाइ छ । 
 
लकडाउन अवधिको बैंकको ब्याज , घर भाडा , विद्युत , पानको महसुल सरकारले मिनाहा गर्नु पर्ने उनले बताए । सरकारको कर नीतिको विरोधमा वीरगन्जमा बुधबार पनि सत्तारुढ दल नेकपाका नेता कार्यकर्ताले आफ्नो जीउको कपडा फुकालेर अर्धनग्न भइ प्रदर्शन गरेका थिए ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.