देउवाले पठाए गृहजिल्लाका स्थानीयतहलाई राहत
डडेल्धुरा : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराका स्थनीयतहका लागि राहत सामाग्री पठाएका छन् । स्थानीयतहमा रहेका गरिव र निमुखाका लागि खाद्यन्न अभाव भएको भन्दै १ सय ४० क्विन्टल चामलसहितको खाद्यन्न राहत स्वरुप पठाएका हुन् ।
पूर्वप्रधानमन्त्री देउवाले जिल्लाका प्रत्येक स्थानीयतहलाई २० क्विन्टल चामलसहित दुई सय केजी दाल, पाँच पेटी तेल, २८ किलो नुनका साथै चिनी, चियापत्ती , चना जस्ता खाद्य समाग्री पठाएको जिल्ला समन्वय समिति डडेल्धुराले जनाएको छ । राहत वितरण गर्नु पर्ने समय अब आइरहेको र कतिपय स्थानीयतहका सर्वसधारणलाई खाद्य सामाग्रीको आवश्यक्ता परिरहँदा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टी सभापति देउवाले पठाएको राहातले ठूलो टेवा पुग्ने समन्वय समितिका प्रमुख गणेशराज भट्टले बताए ।
गृह जिल्ला प्रति चिन्तित रहेका पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले उक्त खाद्य, सामग्री भारत तथा बाह्यमुलुकबाट जिल्ला फर्की क्वारेन्टाइनमा बसेका र लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी खानेलाई वितरण गर्ने गरी सहयोग गरेको जनाएका छन् ।
सभावति देउवाले जिल्ला समन्वयमार्फत स्थानीय पालिकालाई हस्तान्तरण गर्ने गरी १४० क्विन्टल, चामल, सात क्विन्टल मुसुरोको दाल, साढेतीन क्विन्टल केराउ दाल, साढे तीन क्विन्टल चना, करिव दुई क्विन्टल सेतो मटर, चिनी, नुन, चियापत्ती र तेल पठाएको जिल्ला समन्वय समितिका प्रमुख भट्टले जानकारी दिए ।
शुक्रबार नै अनौपचारिक कार्यक्रम गरी जिल्लाका सातवटै स्थानीय प्रमुख तथा प्रतिनिधिलाई बोलाएर उक्त सामाग्री हस्तान्तरण गरिएको समन्वय प्रमुख भट्टले बताए । उक्त सामाग्री स्थानीयतहले आवश्यक्ताका आधारमा सर्वसधारण तथा पीडितलाई वितरण गर्ने जनाएका छन् । भोकै रहेका , दलित, महिला , मजदुर, किसान, एकल महिला, मुक्त हलिया, अपागंता भएका मानिस, जेष्ठ नागरिक र पीडामा परेका सर्वसधारणलाई वितरण गर्ने गरी स्थानीयतहलाई जिम्मा लगाइएको समन्वय अधिकारी करुणाकर अवस्थीले बताए ।
सुदुरपश्चिमका अन्य जिल्लामासमेत देउवाले खाद्यन्न राहत पठाइरहेका नेपाली कांग्रेस महाअधिवेसन प्रतिनिधि सरस्वती खड्काले जानकारी दिइन् । 'मुलुक माहामारीको चपेटामा परेका बेला मानव जीवन रक्षाका लागि खाना महत्वपूर्ण भएकाले आफू सधैँ जनताको पक्षमा लागिरहने जानकारी देउवाले गराएका छन्,' उनले भनिन,‘देउवा जनताका नेता हुन् । जनताको दुखसुखमा साथ दिन सधैँ समस्या परेका बेलामा अग्रसर रहन्छन् ।’ साथै अगाडी थपिन्, 'भोकको पीडा सभापति देउवालाई विभिन्न कालखण्डमा महसुस भएको छ, त्यसकारण गृहजिल्ला सर्गैं सुदुरपश्चिमभर उनले खाद्यन्न सहयोग गरिरहेका छन् ।’
देउवाले ठूलो मात्रामा राहत दिएर स्थानीयतहका साथै स्थानिय सर्वसधारणलाई गर्व महसुस भएको र यो राहातले सबैको चुलो बल्ने र खाना पाउने परशुराम नगरापालिकाका मेयर भिमबहादुर साउदले बताए । उनले आजै राहत बुझी नगरका सवै पिडितलाई आवश्यत्ता अनुसारको खाद्यन्न दिने जनाए ।
प्रतिक्रिया दिनुहोस !