डडेल्धुरामा सुत्केरी महिलालाई कोरोना पुष्टि
डडेल्धुरा : डडेल्धुरामा एक सुत्केरी महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ। डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर जगदिस विष्टले नवदुर्गा गाउँपालिका–४ सिरोडकी २१ वर्षीया महिलालाई कोरोना भएको पुष्टि भएको जनाएका हुन् ।
जेठ २१ गते सिरोडको क्वारेन्टाइनबाट सुत्केरी हुन डडेल्धुरा अस्पताल पुगेकी उनको २२ गते पिसिआरका लागि स्वाब संकलन गरेर धनगढी प्रयोगशालामा पठाइएको थियो । २३ गते सुरक्षित तरिकाले अस्पतालमा शिशु जन्माएकी उनको आज कोरोना रिपार्ट पोजिटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ ।
कोरोना रिपार्ट आइसकेपछि उनीसहित शिशुलाई अस्पतालाको आइसोलेनमा भर्ना गरिएको मेसु विष्टले जानकारी दिए। उनी केही दिन अगाडि भारतबाट आएकी हुन् ।
डडेल्धुरा अस्पताल । तस्बिर : धनबहादुर भण्डारी ।
प्रतिक्रिया दिनुहोस !