बझाङमा पीसीआर मेसिनको आवस्यकता
बझाङ : जिल्लाका क्वारेन्टाइनहरुमा भारतबाट फर्किएकाहरु भरिभराउन हुन थालेपछि कोरोना भाइरसको भरपर्दो चेकचाँच विधि पीसीआर मेसिनको अभाव महसुश गर्न थालिएको छ ।
संकलन गरिएको स्वाब प्रादेशिक प्रयोगशालमा पठाउन कहिले जिल्ला अस्पतालसँग सवारी साधन नहुने, कहिले प्रयोगशालामा रिपोर्ट ढिलासुस्ती हुने र भविष्यमा पनि यस्तो महामारी आउँदा भाइरस चेक गर्न आवस्यक भएकाले अहिले पनि यो मेसिनको जिल्लामा खाँचो देखिएको स्वास्थ्य अधिकारी तथा जनप्रतिनिधिहरुले औँल्याएका छन् ।
बझाङ जिल्लाका मात्रै ४० हजार भन्दा बढी मान्छेहरु भारत गएको अनुमान गरिएको छ । जसमध्ये २० हजारदेखि २५ हजार मान्छेहरु जिल्ला भित्रनसक्ने अनुमान गरिएको छ । यी सबैको परिक्षण गर्ने भरपर्दो विधी भनेको पिसीआर भएकाले यसका लागि जिल्लामा एउटा पीसीआर मेसिन आवस्यक भएको बताउँछन् जिल्ला अस्पतालका कार्यलय प्रमुख डा. सन्दिप ओखेडा ।
आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिनेहरु पनि पीसीआर परीक्षणमा नेगेटिभ देखिने र आरडिटी परीक्षणमा नेगेटिभ देखिएकामा पीसीआर विधिबाट पोजिटिभ देखिने हुँदा यस्तो परीक्षणले क्वारेन्टाइनमा बसेका मान्छेहरुलाई पनी दुविधा हुने गरेको बताइन्छ ।
जिल्लामा हुने सिएमसीको बैठकमा अहिलेको अवस्थालाई मध्यनजर गरी जिल्लामा एउटा पीसीआर मेसन आवस्यक भएको भन्दै माग गरिएको हो । प्रदेश सरकारको भर नपरी जिल्लाका सबै स्थानीय तह मिलेर पीसीआर मेसिन खरिद गर्नुुपर्ने स्थानीय जनप्रतिनिधिहरुको भनाइ छ ।
हालसम्म स्वाब परीक्षण गर्ने मेसिन सुदुरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला कैलालीमा रहेको छ भने थप ३ वटा पीसीआर मेसिन खरिद गरी डोटी, बैतडी र धनगढीमा राख्ने तयारी गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !