७५ दिनपछि खुलेको वीरगन्ज बजार (तस्बिर)

७५ दिनपछि खुलेको वीरगन्ज बजार (तस्बिर)

वीरगन्ज : वीरगन्जमा ७५ दिनपछि पसल खुलेका छन् । कोरोना महामारी नियन्त्रणका लागि चैत ११ देखि लकडाउन सुरु भएदेखि नै वीरगन्जका पसल बन्द थिए । आलोपालो गरी व्यपार व्यवसाय सन्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिएपछि शनिबारदेखि पसल खुलेका हुन् ।

सरकारले कोरोना नियन्त्रणका लागि विकल्प नदिइ लकडाउन मात्रै थप्दै गएकाले अब लकडाउन मानेर पसल बन्द गर्न नसक्ने भन्दै व्यपारीले केही दिन यता प्रदर्शन गरेका थिए । व्यपारीको प्रदर्शन  र दबावपछि स्थानीय प्रशासनले जोरबिजोर गते तोकेर पसल आलोपालो खोल्न अनुमति दिएको हो ।   
 

शनिबारदेखि पसल खुल्न थालेपछि वीरगन्जको बजारमा ७५ दिनपछि चहल पहल बढेको छ । अढाइ महिनाको लकडाउनपछि बजार खुलेपछि अब व्यपार व्यवसाय फेरि तङग्रीने आशा व्यवपारीमा पलाएको छ ।

'अढाइ महिनामा घरबेटीलाई सटरको भाडा मात्रै १ लाख तिर्न बाँकी छ ४ जना कर्मचारीको तलब अलग्गै छ', घण्टाघर स्थित सागर इम्पोरियमका सञ्चालक उमांशकर साहले भने,‘यो लकडाउनमा पसल १ दिन पनि पुगिनँ तर ऋण करिब २ लाख थपिएको छ ।' 

उनले थपे ,‘ तर अब बजार खुलेको छ , १-२ सातामा व्यपार फेरि पहिलेकै अवस्थामा पुग्छ  होला, यही आशा गरेका छौं।' 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष कोपाल केडियाले बजार खुलेपछि यहाँका व्यपारी व्यवसायीमा फेरि खुशी फर्किएको बताए । व्यपारीको आग्रहमा लकडाउन खुकुलो पारेर व्यपार व्यसाय सञ्लनका लागि अनुमति दिने स्थानीय प्रशासनको निर्णय स्वागत योग्य रहेको पनि उनले बताए । 
'यदि स्थानीय प्रशासनले यो निर्णय गर्न ढिला गर्थ्यो भने यहाँका व्यपारी लकडाउन मानेर बस्न सक्ने अवस्था देखिएको थिएनु' , उनले भने, ‘ढिलै भए पनि स्थानीय प्रशासनको निर्णय स्वागत योग्य छ ।' 

संघका अनुसार वीरगन्जमा मात्रै थोक र खुद्रा गरी २ हजारभन्दा बढी पसल छन् । तीमध्ये आधाभन्दा बढी पसल अरुको घरमा बहाल लिएर सञ्लन भएका छन् । ७४ दिनसम्म पसल बन्दा हुँदा वीरगन्जका व्यपारीलाई घर बहालको मात्रै झण्डै १ करोड रुपैयाँ ऋण थपिएको अनुमान रहेको संघका अध्यक्ष केडियाले बताए । घर बहालबाहेक पसलमा काम गर्ने मजदुर कर्मचारीको तलब बैंकबाट लिएको ऋणको ब्याज सरकारलाई  तिर्नुपर्ने कर सबै बाँकी नै रहेकाले व्यपारी ऋणको भार थपिएको उनले बताए । 

तर शनिबारदेखि बजार खुल्न थाले पछि यसले व्यपारीलाइ राहत भएको भन्दै उनले भने, ‘आशा छ सरकार र प्रशासनले व्यपारीमा फर्किएको यो खुशी खोस्दैन होला ।'  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.