डडेल्धुरा ट्रक दुर्घटनामा चालकको मृत्यु
डडेल्धुरा : केआइसिह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका १० राईमा मालवहाक ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ। दुर्घटनामा बैतडीको पाटन नगरपालिका ८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपनिरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
शनिबार राति ११ बजे ट्राफिक प्रहरी पोष्ट स्याउलेमा इन्ट्री गरी कपिलवस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना ५ ख २२४६ नम्बरको ट्रक डडेल्धुरामा दुर्घटना भएको थियो। स्याउलेदेखि दुर्घटना भएको क्षेत्र अमरगढी नगरपालिका १० राई ४ किलोमिटर मात्रै भएकाले ट्रक शनिबा राति नै दुर्घटना भएको हुनेसक्ने प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
आइतबार बिहान १० बजे गोठाला गएकाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। चालक आफै गाडी मालिक रहेको बुझिएको छ। ट्रक सडकबाट ४० मिटर तल खोलामा खसेको छ। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रहरीले अनुमान छ।
ट्रकमुनि च्यापिएको अवस्था उनको शव प्रहरीले निकालेको छ। डीएसपी न्यौपानेका अनुसार पोस्टमार्टमका लागि शव डडेल्धुरा अस्पतालमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस !