पर्सामा भारतबाट फर्किएका ८ जनामा संक्रमण पुष्टि
वीरगन्ज : पर्सा जिल्लामा सोमबार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जगरनाथपुर गाँउपालिकाको सन्ठीस्थित क्वारेन्टाइनमा राखिएका २० देखि ५५ वर्ष उमेरका ७ पुरुष र १ महिला गरी ८ जनामा आइतबार संक्रमण पुष्टि भएको हो।
भारतको केरला र लुधियानबाट १५ दिन पहिले गाँउ फर्किएका उनीहरु सबै जगरनाथपुर गाउँपालिका–६ औराहाका हुन् । भारतबाट गाउँ फर्किएपछि सन्ठीको क्वारेन्टाइनमा राखिएका ३४ जनाको जेठ २३ गते स्वाब संकलन गरी वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो।
ती मध्ये सोमबार बिहान ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको वीरगन्जको गण्डक स्थित विशेष कोभिड अस्थायी अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।
सोमबार ८ संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या १२१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए । ती मध्ये ५ जना भारतीय नागरिक र बाँकी ११६ जना पर्साका हुन् ।
ठाकुरका अनुसार पर्साका १२१ संक्रमीत मध्ये १०२ जना उपचारपछि निको भई भएर घर फर्किसकेका छन्।
प्रतिक्रिया दिनुहोस !