फरार संक्रमित भेटिए

फरार संक्रमित भेटिए

मलंगवा : सर्लाहीको विष्णु गाउँपालिकाको क्वारेन्टाइनबाट भागेका ५ कोरोना भाइरस संक्रमितलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार विष्णु गाउँपालिकामा फेला परेका ३४ संक्रमितलाई वडा नं. ३ मधुवनगोठको स्वास्थ्य चौकीबाट गाउँपालिकाको बत्रौल स्थित स्वास्थ्य चौकीमा बनाइएको आइसोलेशनमा ल्याउने क्रममा राती ९ बजे ६ जना फरार भएका थिए । फरारमध्ये एकजनालाई तत्कालै पक्राउ गरिए पनि बाँकी ५ जना फरार हुन सफल भएका थिए ।  

एम्बुलेन्समा हालेर आइसोलेशनमा ल्याउन खोज्दा उनीहरु फरार भएका थिए । फरार भएकालाई मंगलबार बिहान गाउँबाहिर रहेको एउटा झोपडीमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले जानकारी दिएका छन् । प्रहरीसँग मास्क र सुरक्षा अपनाउने कुनै समान नहुँदा उनीहरु भाग्न सफल भएका थिए । तर, बिहान उनीहरुलाई फेरी पक्राउ गरेर आइसोलेशनमा ल्याइएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।

३४ जनामध्ये २९ जनालाई गाउँपालिकाकै आइसोलेशनमा राखिएको र फरारहरुलाई मलंगवा २ स्थित सन्त अल्पमाई रामनारायण यादव नर्सिङ्ग कलेजमा बनाइएको आइसोलेशनमा ल्याएर राखिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिएका छन् । फेरि पनि बदमासी गर्छ कि भनेर गाउँपालिकामा नराखी जिल्ला सदरमुकाम मलंगवामा ल्याइ राखेको प्रजिअ जिसीले बताए । फरार नभटेए उनीहरुका परिवारलाई पनि आइसोलेशनमा ल्याएर राख्ने योजना थियो । भागेर घरमा जान सक्ने अनुमान थियो । तर, घरमा नगएका प्रजिअ जिसीले बताए। 

स्वाब संकलनको रिपोर्ट आउन ढिलाइ हुँदा क्वारेन्टाइन बस्ने रुष्ट बनेका छन् । केही दिन अगाडि गोडैताको मधुबनी क्वारेन्टाइनबाट पनि १० जना फरार भएका थिए । उनीहरुलाई प्रहरीले घरबाट पक्राउ गरी क्वारेन्टाइनमा राखेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.